IME Life

बीमा कम्पनीको उच्च तहमा महिलाको उपस्थिति दयनीय

SPIL
NIC ASIA

नानु खड्का

काठमाडौँ । हाल नेपालमा ४० वटा बीमा कम्पनीहरु रहेका छन् । २० निर्जिवन बीमा कम्पनी, १९ जीवन बीमा कम्पनी र एक वटा पुनर्बीमा कम्पनीको उच्च तहमा महिलाको उपस्थिति अत्यन्त न्यून छ । उल्लेखित २० वटा कम्पनीमा ४० सञ्चालक समितिका अध्यक्ष तथा ४० जना सिईओ छन् । ति मध्ये तीन जना महिला अध्यक्ष छन् भने एक जना पनि सिईओ पदमा कार्यरत छैनन् ।

Prabhu
Crest

नेपालको राष्ट्रपति महिला र उपराष्ट्रपति पुरुष छन् अर्थात समावेशी छ । तर बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा समेत उपल्लो तहमा महिलाको उपस्थिति कमजोर छ । अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक दुवै पदमा पुरुष छन् । त्यस्तै अन्य बीमा कम्पनीहरुको उपल्लो पदमा महिलाको उपस्थिति समावेशी हुन नसकेको तथ्याङ्कले देखाउँछ ।

कुन बीमा कम्पनीको कुन पदमा महिला ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा पारुल ढकाल रहेकी छिन् । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा कृति तिब्रेवाल छिन् । निर्मला देवी मानन्धर सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा रहेकी छिन् ।

त्यस्तै, एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा अञ्जली विष्ट गिरी, स्वतन्त्र सञ्चालकमा सम्झना शर्माले नेतृत्व गरेकी छिन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीमै श्रिजा श्रेष्ठ मानव संसाधनको प्रमुखमा रहेकी छिन् । सोही कम्पनीको हेड रि–इन्स्योरेन्समा प्रनिता जोशी रहेकी छिन् ।

प्रुडेन्सियल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा अनिता रायमाँझी रहेकी छिन् भने एशियन लाइफ इन्स्योरेन्समा शिल्पा प्रधानाङ्ग स्वतन्त्र सञ्चालकमा रहेकी छिन् । सिटिजन लाइफ रिता पाठक कर्पोरेट एण्ड डिरेक्ट सेल्समा रहेकी छिन् । त्यस्तै, ज्योति लाइफमा शर्मिला श्रेष्ठ महर्जन सञ्चालकमा रहेकी छिन् ।

सिद्धार्थ इन्स्योरेन्सको सिनियर म्यानेजर जोत्सना पाण्डे, म्यानेजर पदमा अर्चना पाठकले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रुडेन्सियल इन्स्योरेन्सको चिफ म्यानेजरमा उदिता जोशी तथा सोही कम्पनीको आईटी हेडमा बन्दना बज्रचार्य रहेका छन् । भने यूनाइटेड इन्स्योरेन्सको सञ्चालकमा पूजा दाहाल भर्खरै नियुक्त भएकी छिन् । त्यस्तै, सो इन्स्योरेन्सको मानव संशाधन विभागकी प्रमुख शोभा श्रेष्ठ रहेकी छिन् । भने सोही कम्पनीमा निला श्रेष्ठ प्रशासन प्रमुखका रुपमा कार्यरत रहेकी छिन् ।

शिखर इन्स्योरेन्सको जनरल म्यानेजर (अन्डर राइटिङ) पदमा सविता मास्के तथा डेपुटी जनरल म्यानेजरमा बरिष्मा आचार्य (साउद) कार्यरत छन् ।

गुँरास लाइफ इन्स्योरेन्सको सूचना प्रविधि प्रमुखमा सजिना महर्जन तथा एलआइसी नेपालको डेपुटी म्यानेजरमा सिर्जना नेपाल कार्यरत रहेकी छिन् ।

नेशनल लाइफ इन्स्योरेन्सको अध्यक्षमा प्रेमा राज्य लक्ष्मी सिह तथा भवानी राणा सञ्चालकमा रहेका छन् । प्रभु लाइफ इन्स्योरेन्सको हेड अन्डरराइटिङ पदमा रुजि श्रेष्ठ रहेकी छिन् । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा सन्तोष अग्रवाल रहेकी छिन् ।

रिलायवल नेपाल लाइफको सञ्चालक पदको जिम्मेवारी अञ्जु पाण्डे (पन्त) ले सम्हाल्दै आएकी छिन् । रिलायन्स लाइफ इन्स्योरेन्सकै हेड रि–इन्स्योरेन्स पदमा सत्या पराजुली छिन् । महालक्ष्मी लाइफको एसिस्टेन्ट जनरल म्यानेजर पदमा सपना खरेलले भूमिका निर्वाह गर्दै आएकी छिन् भने रेणुका खत्री आन्तरिक नियन्त्रण विभाग प्रमुखको भूमिकामा छिन् । नेपाल लाइफ इन्स्योरेन्सको रि–एण्ड प्रोडक्ट प्रमुखको रुपमा रिता शर्मा कार्यरत छिन् ।

नेशनल इन्स्योरेन्सको अध्यक्ष तथा प्रबन्ध निर्देशक पदमा तजिन्दर मुखर्जी रहेकी छिन् । भने सोही कम्पनीकी भूमिका बर्मालाई वित्त, सरकार तथा नोमिनी विभागको भुमिका बर्मा नोमिनी विभाग हेर्ने गरी निर्देशक तोकिएकी छिन् । नेशनल इन्स्योरेन्सकै जनरल म्यानेजरमा चार जना महिलाहरु, सुनिता तुली नागपाल, रञ्जना बोसे र शोभा रिडी र सोफी सिह रहेका छन् ।

नेको इन्स्योरेन्स लिमिटेडको रि इन्स्योरेन्स विभाग प्रमुख सपना रावल रहेकी छिन् । प्रभु इन्स्योरेन्सको अध्यक्षमा कृष्मा लामा रहेकी छिन् । राष्ट्रिय बीमा कम्पनीमा रजनी पौडेल म्यानेजर, रि–इन्स्योरेन्स पदमा कार्यरत छिन् । सानिमा जनरल इन्स्योरेन्सको एसिष्टेन्ट जनरल म्यानेजरमा उपासना पौडेल कार्यरत छिन् ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको पब्लिक डिरेक्टरमा नुरा कुमारी शर्मा रहेकी छिन् । सोही कम्पनीमा बिमला केसी चिफ म्यानेजर क्लेम तथा अञ्जु श्रेष्ठ सिनियर म्यानेजर रि इन्स्योरेन्स पदमा कार्यरत छिन् ।

४० वटा बीमा कम्पनीमा कम्तीमा ४०० जना उच्च पदस्थ अधिकारीहरु कार्यरत छन् । संविधान अनुसार पनि ३३ प्रतिशत महिलाको उपस्थिति हुनुपर्नेमा तीन प्रतिशत हाराहारीमा मात्रै महिलाको उपस्थिति रहनु संविधानले कल्पना गरेको समावेशिताको सिद्धान्त विपरित हुन आएको छ ।

बैंकिङ क्षेत्रमा पनि एक महिला सिईओ अनुपमा खुञ्जेली स्थापित भएकी छिन् । उनी मेगा बैंकमा केही वर्षदेखि सिईओ छिन् । उनलाई मेगा बैंकको सञ्चालक समितिले २०७५ वैशाखमा बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको थियो ।

त्यस्तै, बैंकिङ क्षेत्रमा सिईओदेखि डेपुटि सिईओ तथा महिला कर्मचारीहरुको पहुँच बढ्दो छ । तर बीमा कम्पनीहरुमा भने अहिले सम्म पनि कुनै महिला सिईओ तथा डेपुटि सिईओको रुपमा स्थापित भएको पाईदैन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS