काठमाडौं । आज मङगलबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ६ दशमलव ४२ अंकले घटेर १,१३१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ होटल र म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।
दिनभरिमा १ सय ७१ कम्पनीको ८ लाख ७३ हजार ७९ कित्ता शेयर ३ हजार ९ सय ७५ पटक खरिदविक्री हुँदा २१ करोड २८ लाख ७८ हजार ४ सय ४९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा बैंकको र सिद्धार्थ बैंक प्रोमोटर शेयरको ३ करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिव्म सिमेन्टको १ करोडमाथिको कारोबार भएको छ भने प्रभु बैंक, सिद्धार्थ बैंक र नबिल बैंकको ६० लाखभन्दा बढीको कारोबार भएको छ । ज्योती विकास बैंक प्रोमोटर शेयरको ५० लाखभन्दा बढीको कारोबार भएको छ ।
खाँनीखोला हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् भने रैराङ हाइड्रोपावर डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।