IME Life

नयाँ व्यवसाय प्रबर्धन गर्न मेगा बैंक र आइडिया स्टूडियोबीच सम्झौता

SPIL
Sanima Reliance

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र आइडिया स्टूडियो नेपालबीच सम्झौता भएको छ । बैंक र आइडिया स्टूडियो नेपालबीच युवाहरुमा रहेको नयाँ सोचलाई उद्यमशिलतासँग जोडेर उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरुको प्रबर्धनका लागि सम्झौता गरिएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा मेगा बैंकका सिइओ अनुपमा खुञ्जेली र आइडिया स्टूडियो नेपालका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गरेका हुन् ।

Crest
Meta Holidays

सम्झौताले व्यवसाय गरिरहेका तथा नयाँ सोचका साथ व्यवसाय गर्न इच्छुक युवा एवं महिला उद्यमीहरु लाभान्वित हुने विश्वास गरिएको छ ।

यसका साथै साना मझौला व्यवसाय गरिरहेका तथा गर्न इच्छुक महिला उद्यमीहरुको व्यवसाय प्रबर्धन गर्न मेगा बैंकले सहुलियत कर्जामा बैंकिङ सुविधा प्रदान गर्ने भएको छ । बैंकको नीति अनुसार धितो वा धितो बिना पनि कर्जा प्रवाह गरिने सम्झौता पत्रमा उल्लेख छ ।

यसैगरी, आइडिया स्टूडियो नेपालले नयाँ सोच भएका युवा तथा महिलाहरुलाई बैंकिङ पहुँच पुर्याउन मद्दत गर्ने समेत जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x