IME Life
GBIME

१२.५% बोनश पारित गर्न प्राइम लाइफको विशेष साधारण सभा आज

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज मंगलवार विशेष साधारण सभा बोलाएको छ । उक्त सभा कमलपोखरी स्थित अग्रवाल भवनमा दिनको ३ बजे देखि शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले प्रस्तावित १३ दशमलव १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

Crest

त्यस्तै,सभामा संचालक समितिले प्रस्ताव गरेको आव २०७४/७५ को नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको आधारमा १२ दशमलव ५ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश पारित गर्ने एजेण्डा रहेको जनाएको छ

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गरेकाले भदौ ३० गते सोमवारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ छ । बोनसपछि पुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ७० पैसा छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS