IME Life

बैंकअफ काठमाण्डूका पूर्व सिईओ पक्राउ, नक्कली जग्गा धितोमा ऋण दिएको अभियोगमा ११ हिराशतमा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले बैंक अफ काठमाण्डूका पूर्व सीईओ अजय श्रेष्ठसहित ११ जना पक्राउ गरेको छ । खोलाको जग्गाको नक्कली पूर्जा बनाई सोही जग्गा धितोमा ऋण दिएको अभियोगमा पूर्व सिईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा छ जना बैंकका कर्मचारीहरु छन् भने अन्यमा सर्भेयर, भ्यालुएटर लगायतका छन् ।

पक्राउ परेका पूर्व सिईओ श्रेष्ठ बैंकिङ क्षेत्रका इमान्दार व्यक्ति मानिन्छन् । सिआईबीले बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलाई पनि पक्राउ गरेको छ । पाँच वर्ष अघि झापाका व्यापारी सुरेन्द्र श्रेष्ठले स्थानीय बिरिङको बगरको नक्कली जग्गाधनी पूर्जा बनाई बैंकअफ काठमाण्डूबाट पाँच करोड रुपैयाँ ऋण लिन आवेदन दिएका थिए । सेटिङमा भएको सो फाईलमा श्रेष्ठले हस्ताक्षर गरेको फेला पारेपछि सिआईबीले पूर्व सिईओ श्रेष्ठसहितलाई पक्राउ गरेको हो ।

Prabhu
Crest

उतिबेला पाँच करोड रुपैयाँ ऋण लिएकोमा हाल सावाब्याजसहित आठ करोड हाराहारी पुग्न लागिसेको छ । सिआईबीले कीर्ते कागजातको बनाएर ऋण लिने सुरेन्द्र श्रेष्ठलाई समेत पक्राउ गरेको छ । पूर्व सिईओ पक्राउ परेपछि बैंक अफ काठमाण्डुमा तनाव बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS