IME Life

आईएमई इन्स्योरेन्सद्वारा पोखरा आगलागी घटनाका शुभ युनिकलाई साढे ३१ लाख बीमा दावी भुक्तानी

SPIL
NIC ASIA

पोखरा । ‘भनिन्छ, बिपत्ति बाजा बजाएर आउँदैन ।’ तर, विश्वमा कैयौं कुरा विकास गरेको मानव समाजले प्राकृतिक विपत्ति पर्दा त्यसको भौतिक क्षतिको जोखिम बहन अब चिन्ताको विषय रहेन । पोखराको न्युरोडस्थित मिनि मार्केट कम्प्लेक्समा व्यवसाय गर्दै आएको शुभ युनिक होम डेकोरेशनमा गत साउन २८ यस्तै विपत्ति आईपर्यो । साउन २८ गते अपरान्हदेखि लागेको आगोले सिंगो कम्प्लेक्समा रहेका सटरहरुमा क्षति पुर्यायो । चार घण्टाभन्दा बढि समय लगाएर बल्लतल्ल आगो नियन्त्रणमा आयो । पसलहरु सबै खरानी भए । धन्न युनिक डेकोरेशनका सञ्चालक लिलाधर ढुंगानाले बीमा गरेका थिए र अहिले आगोलागीबाट भएको क्षति बापतको बीमा रकम भुक्तानी पाएका छन् ।

Prabhu
Crest

व्यवसाय गर्दा हरेक प्रकारको जोखिमलाई मोल्नुपर्ने हुन्छ । त्यसैले उनीहरुले जोखिम आईएमई जनरल इन्स्योरेन्स कम्पनीको जिम्मामा छोडेका थिए । विपत्ति आयो, तर शुभ युनिक होम डेकोरेशनका सञ्चालक लिलाधर ढुंगानले व्यवसाय नै छोड्नु परेन । उनले आईएमई जनरल इन्स्योरेन्स कम्पनीबाट शनिबार एक समारोहबीच बीमा दावी रकम समेत भुक्तानी लिएका छ्न । सो आगोलागीको बीमा दावी भुक्तानीको लागि आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादे श्रेष्ठ आफै पोखरा पुगेका छन् । शनिबार पोखरा उद्योग बाणिज्य संघको सधारणसभामा सो आगोलागीको क्षति क्षति अनुसारको बीमा दावी रकम ३१ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

वार्षिक पाँच हजार ७ सय ७५ रुपैयाँ प्रिमियम तिर्दै आएका ढुंगानाले शनिबार बीमा रकम बुझेपछि निकै खुशी हुँदै पुनः व्यापार व्यवसाय सुरु गरिसकेको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुप अफ कम्पनीजका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको उपस्थितिमा चेक हस्तारण गरिएको आईएमई जनरल इन्स्योरेन्सले जनाएको छ ।साउन २८ गते भएको उक्त आगोलागीमा ३० वटा पसल र २ वटा कार्यालयमा क्षति पुगेको थियो । उक्त घटनामा पहिलो कम्पनीको रुपमा शुभ युनिकले बीमा बापतको रकम बुझेको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘यो घटनाबाट धेरैले पाठ सिक्नुपर्छ । थोरै प्रिमियम बुझाएर बिमा गराउँदा करोडौं रुपैैयाँको जोखिम बहन हुने हुँदा व्यवसायीहरु सतर्क बन्न आवश्यक छ ।’ सो कार्यक्रममा कम्पनीका नायव महाप्रबन्धक शरण रेग्मी समेत उपस्थित थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS