IME Life

राष्ट्रिय बीमा संस्थानको मोबाईल एप्स सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले मोबाईल एप संचालनमा ल्याएको छ । संविधान दिवसको अवसर पारेर बीमितलाई सहज र सरल सुविधा प्रदान गर्न हेतुले कम्पनीले मोवाईल एप्स संचालनमा ल्याएको छ । संस्थानका प्रशासक कवि पाठकले एक कार्यक्रमका बीच संविधान दिवसको अवसरमा मोबाईल एप्स सार्वजनिक गरिएको हो ।

मोबाईल एप्स संचालनमा आएसँगै बीमितले मोबाईलबाटै छिटो र छरीतो रुपमा छुट सुविधा हुनेमा कम्पनी विश्वस्त रहेको कम्पनीले जनाएको छ । एप्समा संस्थाले निजामति कर्मचारीहरुको लागि छुटै क्याटागोरी बनाएको छ ।

Prabhu
Crest

एपबारे जानकारी:
संस्थाले लन्च गरेको मोबाईल एप्समा बीमितले बैक खाता समेत समावेश गर्न आवश्यक हुन्छ । हाल सीमित बैँक मात्र एपमा आवद्ध भएपनि निकट भविष्यमा अन्य बैँक समेत आवद्ध गराउने राष्ट्रिय बीमा संस्थान जनाएको छ ।
प्ले स्टोरबाट एप्स डाउनलोड गरेपछि प्रयोगकर्ताले आफ्नो पोलिसी नम्बर एपमा राख्न जरुरी हुन्छ । त्यस्तै, पासवर्ड समेत थिचेर लगइन गरे पश्चात बीमितले एपमा प्रवेश गर्न पाउछन् । एप्सबाट पोलिसी, पेमेण्ट हिस्ट्री तथा बाँकी भुक्तानीको बारेमा जानकारी लिन सकिन्छ ।

यसै आर्थिक बर्षभित्रमा ई–सेवासँग सहकार्य गरेर संस्थानले बीमितले बीमा शुल्क अनलाईनमार्फत नै तिर्न मिल्ने व्यवस्था गर्न लागेको कम्पनीले जनाएको छ । यस मोबाईलको प्रयोगकता हुन एन्ड्रोइड मोबाईलको प्रयोग हुनपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS