IME Life

असोज २१ गते टीकाको दिन चिनियाँ राष्ट्रपति जिनपिङ काठमाडौं आउने !

SPIL
NIC ASIA

काठमाडौं । बहुचर्चित सि जिनपिङको नेपाल भ्रमण दशैंको टीकाको दिन हुने सम्भावना बढेको छ । सरकारले असोज २१ गते विश्वका चर्चित राष्ट्रपति जिनपिङको नेपाल भ्रमण गराउने सम्बन्धमा गोप्य तयारी सुरु गरेको अनौपचारिक स्रोतले जनाएको छ । सुरक्षा प्रबन्धका लागि भइरहेको छलफल, पूर्व तयारी तथा दशैंमा बिदा नदिने जस्ता सरकारी कामको सुक्ष्म समीक्षाबाट सिको नेपाल भ्रमणको तयारी सुरु गरिएको देखिएको छ ।

Prabhu
Crest

नेपाल सरकारले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई नेपाल भ्रमण गराउने पहल गरेको धेरै समय भइसकेको सन्दर्भमा यस पटक दशैंको टीकाको दिन काठमाडौंमा स्वागत गर्ने तयारीमा सरकार जुटेको हो । उच्च स्रोतका अनुसार दशैंमा प्रहरीलाई छुट्टी नपाइने र कुनै भिआईपी पाहुनाको स्वागत गर्नुपर्ने भएकोले जस्तोसुकै परिस्थितिको लागि तयार रहन निर्देशन दिइएको छ । यही असोज २१ गते राष्ट्रपति सि काठमाडौं आउने समाचार शुक्रबार नै एक अनलाईन समाचार संस्थाले प्रशारण गरेको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउन तयार रहेको सन्देशसहित केही पहिले चिनियाँ विदेशमन्त्री वाङ यीले तीन दिने नेपाल भ्रमण सम्पन्न गरेर फर्किसकेका छन् । सिको नेपाल भ्रमणको पुर्व तयारीका लागि चिनियाँ विदेश मन्त्री वाङ यीले भदौ २२ देखि २४ गतेसम्म नेपाल भ्रमण गरेका थिए । सो भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणबारे स्पष्ट कुरा बाहिर आएको थिएन । नेपाल सरकार र चिनियाँ सरकारले पनि राष्ट्रपति सि को नेपाल भ्रमणबारे केही बताएको छैन ।

नेपाल सरकारले दशैंको टीकाको दिन राष्ट्रपति सिलाई नेपाल भ्रमण गराउँदा काठमाडौंमा ट्राफिक जाम नहुने, मानिसको चहल पहल समेत खासै नहुने हुँदा उपयुक्त हुने भन्दै बेईजिङ समक्ष प्रस्ताव गरेको बताइन्छ । राष्ट्रपति सिको भ्रमणको क्रममा महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर भने हुने सम्भावना कम छ । पूर्व तयारी नभएकाले त्यस्तो सम्भावना न्यून भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS