Prabhu Life Ad Final

माछापुच्छ्रे बैंकको साधारण सभा असोज २४ गते, १६% लाभांश पारित गर्ने प्रस्ताव

IME PAY
IME Life

काठमाडौं । माछापुच्छ्रे बैंकले असोज २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको असोज २ गते बसेको संचालक समितिको बैंठककले साधारण सभाको मिति तय गरेको हो । सभा होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभाका लागि असोज १० देखि असोज २४ गतेसम्म बुक क्लोज हुनेछ । असोज ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने जनाएको छ ।

यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

बोनस वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिइने समेत बैंकले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS