IME Life

अर्थमन्त्रीको बोलिले दुई दिन मात्र बजार हरियाली, तेस्रो दिनमै १८ अंकले घट्यो बजार

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घटेको छ । कर्मचारी सञ्चय कोष ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी गर्ने यो उपयुक्त समय भनेको २ दिनसम्म उछाल आएको बजार आज दोहोरो अंकले घटेको छ ।

मुलुकको अर्थतन्त्र सकारात्मक छ । लगानी वातावरण बन्दै गएको छ । आर्थिक वृद्धिदर राम्रो छ । राजनीतिक स्थायित्व कायम भएको छ । यसर्थ, यसबेला लगानीकर्ताले आत्तिनुपर्दैन अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए ।

Prabhu
Crest

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरण राम्रो बन्दै आएको छ भनेको दुई दिनसम्म हरियाली भएको बजार आज १८ दशमलव १२ अंकले घटेर १,१५५ दशमलव ३० को विन्दुमा कायम भएको छ ।

आज म्युचल फण्ड र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह र निर्जीवन बीमा समुह १ सय ५ अंकले घटेका छन् ।
दिनभरिमा १ सय ६६ वटा कम्पनीको १२ लाख २४ हजार ५ सय ७२ हजार कित्ता शेयर खरिदविक्री हुँदा ३९ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंकको २ करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंक नेशनल माइक्रोफाइनान्स, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष र नबिल बैंकको १ करोडमाथिको कारोबार भएको छ । सबैभन्दा धेरै समता माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS