संविधान दिवसको पूर्वसन्ध्यामा बीमा समितिमा रक्तदान (फोटो फिचर)

403

काठमाडौं । बीमा समितिले यस वर्षको संविधान दिवस भव्य रुपमा मनाउने कार्यक्रम अन्तर्गत आज विहान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बीमा समिति कर्मचारी युनियनको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमका बीमा समितका कर्मचारी तथा विभिन्न बीमा कम्पनीका दर्जनौं प्रतिनिधिहरु सहभागी थिए ।

रक्तदान कार्यक्रममा पाँच दर्जन मानिसहरुले रगत दान गरेको बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पदम प्रसाद सोडारीले बताए । संघीय लोकतान्त्रिक संविधान दिवसलाई भव्य रुपमा मनाउने क्रममा पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष सोडारीले बताए । विहान ८ः०० बजे बीमा समितिका अध्यक्ष चिरिञ्जीवी चापागाईले शुभारम्भ गरेको रक्तदान कार्यक्रममा अधिकांश बीमा कम्पनीका प्रतिनिधिहरु सहभागी थिए । सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको युनियनले जनाएको छ ।

 

 

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्