काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले ४० दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ३८ दशमलव ६० प्रतिशत बोनस सेयर र २ दशमलव ०३ प्रतिशत नगद गरी कुल ४० दशमलव ६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
लघुवित्तले बोनस सेयरका लागि ३ करोड ४० लाख ७४ हजार १५० रुपैयाँ खर्च गर्नेछ । यस्तै, बोनसमा लाग्ने करका लागि १७ लाख ९३ हजार ३७६ रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव गरेका हो ।
नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण गर्ने जनाएको छ ।
हाल लघुवित्तको चुक्ता पुँजी ८ करोड २७ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी १२ करोड २३ लाख ४९ हजार १५० रुपैयाँ पुग्नेछ ।