IME Life

बीमाङ्कीय मूल्याङ्कन स्वदेशमै गर्ने एक्चुरी साईन्सका विधार्थीको सपना

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा रहेका बीमा कम्पनीहरुले एक्चुरियलहरुका लागि विदेश धाउनु परिरहेकै सन्दर्भमा स्वदेशमै बीमाङ्कीय मूल्याङ्कन गर्ने सपना बोकेर ३६ जना विद्यार्थी त्रिवि अन्तर्गतको एक्चुरियल साईन्समा भर्ना भएका छन् । सो विषय अध्ययनका लागि आएकाहरुले गणितमा दक्षता हासिल गर्ने तथा स्वदेशमै बीमाङ्कीय मूल्याङ्कन गरेर योगदान पुर्याउने धारणा राखेका छन् ।

Prabhu
Crest

बल्खुस्थित स्कूल अफ म्याथमेटिकल साईन्सले नव आगन्तुक विद्यार्थीहरुलाई मंगलबार ओरेन्टेशन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा सहभागी अधिकांश विद्यार्थीहरुले बीमा क्षेत्रमै केही गर्ने सपना बोकेर अघि बढेको बताएका छन् ।
त्रिवि अन्तर्गतको स्कुल अफ म्याथम्याटिकल साईन्स संस्थामा बीमांकी विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । चार वर्षसम्म पढाई हुने यो कोर्समा ८ वटा सेमेष्टर रहेका कोर्समा विधार्थीहरुको भर्ना गर्न नै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । ३६ जनाको कोटा भएको एक्चुअरियल साइन्सको पढ्नको लागि २०० जनाले आवेदन दिएकोमा १६० जना उत्तीर्ण भएका थिए । सो मध्ये मेरिट लिष्टबाट ३६ जना विद्यार्थीहरु भर्ना गरिएको संयोजक फुलाराले बताए ।

बीमा बजारमा एक्चुरीको अभाव चुलिएको बिषयमा त्रिभुवन विश्वविधालय अन्तर्गत गणित स्कूल स्थापना गरेर एक्चुरियल साईन्सको पढाई सुरु गरिएको उक्त परियोजना संयोजक केशवराज फुलाराले बताए । त्रिविले सुरु गरेको यो कोर्सबाट बीमा क्षेत्रको मूल्याङ्कनको लागि नेपालमै एक्चुरियल जनशक्ति उत्पादन हुनेछ । त्रिभुवन विश्वविद्यालयले वि.स. २०७३ सालदेखि बीमांकीय मूल्याङ्कन विषय अध्यापन गराउन सुरु गरेको थियो ।

यस बिषय प्रति विधाथीहरुको आकर्षण बढ्नुको कारण के हो भन्ने बिषयमा त्रिभुवन विश्वविद्यालय अन्तर्गको गणित स्कूलमा नयाँ भर्ना भएका एक्चुरीयल साईन्सका विधार्थीहरुलाई मंगलबार सम्पन्न ओरेन्टेसन कार्यक्रममा सहभागी भएका विधार्थीहरुको अनुभव यस्तो छ ।

प्रसिद्ध ढुङगाना
केएमसी कलेजबाट प्लस टु अध्ययन सकेपश्चात् शिक्षकले यस बिषयमा जानकारी दिएको हुँदा मैलै यहाँको बारेमा थाहा पाए । तर मलाई गणित बिषय प्रति रुची भएको कारण नै म यस बिषय प्रति आकर्षित भएको हुँ । एक्चुरी नेपालमा नभएको कारण अन्य देशहरुमा निर्भर रहने स्थित अझै रहेछ भन्ने जानकारी चै थिएन । यस बिषयमा सुन्दा ज्यादै खुशी लागेको छ ।

युनियन अधिकारी
केएमसी कलेजमा प्लस टु पश्चात् गणित बिषयलाई नै लिएर स्नातक तहमा अध्ययन गर्छु भन्ने लागेको थियो । साथीको माध्यमबाट त्रिभुवन विश्वविधालयमा यस बिषय पढाई हुन्छ भन्न्ने थाहा पाए पश्चात् मैलै यस बिषयलाई रोजेको हुँ । साथै एक्चुरीको बीमा बजारमा भोलिको दिनमा केही गर्न सक्छु भन्ने लागेको छ ।

स्वेता ओझा
मलाई गणित बिषयप्रति रुची भएर नै मैलै यस बिषय छनोट गरेको हुँ । त्रिभुवन विश्वविधालयमा यस बिषयमा पढाई हुने कुराको जानकारी मैलै मेरो दाईबाट पाएको हुँ । बीमा क्षेत्रमा यसको महत्वको बारेमा बुझदा अझ खुशी लागेको छ ।

विपिन बोडार
गणितमा रुची राख्ने विधार्थी पनि हुँ ।  नेपालमा एक्चुरीको अभावको कारणले विदेशमा एक्चुरीको निर्भर पर्नुपर्ने स्थित रहेको छ भन्ने बारेमा  सुनेर नै म अझ यस बिषय प्रति आकर्षित भएको हो ।बीमा बजारमा यसको कमी भएको कारण यस बिषय नै अघि बढाएर भोलिको दिनमा आफूले पनि केही गर्न लक्ष्य रहेको छ ।

कपिल गौतम
गणित बिषयमा रुची राख्ने विधाथी भएको कारण नै यस कलेजमा अध्ययनको लागि आएको हुँ । तर यस बिषय बजारमा अभाव रहेको सुन्दा अझ खुशी लागेको छ । मैलै त्रिभुवन विश्वविधालयमा स्नातक तहमा यस बिषयको पढाई हुन्छ भन्ने जानकारी पाएर आएको थिए । बजारमा एकचुरीको डिमान्ड व्यापक रहेको जानकारी पाएपश्चात् अझ खुशी भएको छु ।

विनिता महर्जन
एक्चुरीको बारेमा मैलै यस अघि सुनेको भने थिईन् । मलाई गणित बिषय प्रति रुची भएको कारणले गर्दा यस स्नातक तहमा पनि गणित बिषयलाई नै अघि बढाउन मैलै अध्ययन गरेको हुँ ।

प्रार्थना सुवेदी
म एलेभलको विधार्थी हुँ । यस बिषय छनोट गर्न पाँउदा म ज्यादै खुशी छु । बजारमा यस बिषयप्रतिको अभावको बारेमा मैलै जानकारी भने पाएको थिईन् । यस बिषयमा सुन्दा अझ उत्साहित भएर अघि बढ्छु भन्ने संकल्प लिएकी छु ।

आकृति पौडेल
म गणितमा बिषयप्रति रुची राख्ने विधार्थी भएको कारण स्नातक तहमा पनि मैले यस बिषय नै रोजेको हुँ । मेरो आफन्तहरु विदेशमा हुनुहुन्छ । उहाँहरुले यसको महत्वको बारेमा बुझेर मलाई यस बिषय अध्ययनको लागि सल्लाह दिनु भएको हो । नेपालमा यसको खाँचो रहेको सुन्दा अझ खुशी लागेको छ ।

सुगम दाहाल
म प्लस टु साईन्सको विधार्थी हुँ । मैलै अनलाईनको माध्याबाट यसको महत्व बुझेर भावि दिनमा यस क्षेत्रमा केही गर्न सकिन्छ भनेर नै अध्ययनको लागि आएको हुँ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS