SKIP THIS

IK Anniversary
IME Life

यस्तो छ बीमा समितिको संविधान दिवस मनाउने योजना, भोलि रक्तदान, ३ गते विहान ७ः३० बजे भद्रकालीमा भेला हुने

SPIL
NIC ASIA

काठमाडौं । पाँचौं संविधान दिवस भव्य रुपमा मनाउने सरकारको निर्णय पछ्याउँदै बीमा समितिले पनि भव्य र सभ्य रुपमा मनाउने भएको छ । बीमा समितिले संविधान दिवस मनाउने सन्दर्भमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागीता जनाउने भएको छ । त्यसको लागि सबै बीमा कम्पनीका कर्मचारीहरुलाई समेत उपस्थित हुन आग्रह गरेको छ ।

बीमा समितिले पेशागत अभिकर्ता संघ, बीमक संघ, सर्भेयर संघलगायतका सरोकारवाला निकायहरुसँग समन्वय गरी संविधान दिवसको दिन भव्य रुपमा मनाउन लागेको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए । बीमा कम्पनीका कर्मचारीहरुले समेत सहभागिता जनाउने उनले बताए । बीमा समितिमा गत भदौं २६ गते भएको प्रमुख कार्यकारी अधिकृतहरुसँगको छलफलमा बीमा कम्पनीका माथिल्लो तहका उच्च अधिकारीहरु सहभागी हुने सहमति भएको थियो ।

Prabhu
Crest

संविधान दिवस मनाउन असोज ३ गते विहान ७ः३० मा भद्रकालीमा उपस्थित हुन सबै बीमा कम्पनीका कर्मचारीहरुलाई निर्देशन दिइएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा बिहिवार कर्मचारी युनियनले रक्तदान कार्यक्रम आयोजना गर्दैछन् । विहान ८ः०० बजेदेखि सुरु हुने रक्तदान कार्यक्रम ११ बजेसम्म चल्नेछ ।

यसैबीच, संविधान दिवसको अवसरमा शहिद परिवारको दुर्घटना बीमामा छुट दिने सम्बन्धी बीमाको प्याकेज तयार हुँदैछ । सम्भवतः ३ गते नै सो प्याकेजको घोषणा हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS