IME Life

अंग्रेजीमा मास्टर्स सुष्मा बीमा पढाउँदै, व्यापार गर्दै

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

सुष्मा खनाल, एडिओ, रिलायन्स लाइफ इन्स्योरेन्स

सुष्मा खनाल पेशाले बीमा अभिकर्ता हुन् । एक वर्षअघि जीवन बीमा अभिकर्ता पेशामा जोडिन पुगेकी सुष्मा अहिले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा एडिओका रुपमा कार्यरत छिन् । विद्यालय वा कलेजमा विद्यार्थीहरुलाई पाठ्यक्रम पढाउने अध्ययन गरेकी सुष्मा अहिले बीमाको बारेमा बुटवल र आसपासका सर्वसधारणहरुलाई बीमाबारेमा जनचेतना जगाउँदै व्यापार गर्दै आएकी छिन् । बीमाका फाइदा र लाभका बारेमा जनतालाई कन्भिन्स गराएर बीमा गर्नु र त्यसैबाट आयआर्जन गर्नु अहिले उनको पेशा बनेको छ । आफ्नो अनुकूल समयमा काम गरेर पनि मनग्य काम गर्न पाइने पेशा भएकोले पनि बीमा अभिकर्ता सुष्माको लागि घरधन्दा शिक्षण अनि पेशा व्यवसाय सबथोक हुन पुगेको छ ।

२०४९ सालमा पाल्पामा जन्मिएकी सुष्मा अहिले बुटवलमा बस्छिन् । सुष्मा शिक्षा अंग्रेजी विषयको मास्टर्स डिग्री होल्डर हुन् । श्रीमान व्यापार–व्यवसाय सम्हाल्ने । सुष्मा आफुलाई पनि केही गर्ने इच्छा त थियो । तर छोरा सानै भएकाले गर्दा उनी घरमै बस्न बाध्य थिईन् । चुल्होचौकामा बाँधिएर यसै आफ्नो समय खेर फाल्न उनलाई मन थिएन । अंग्रेजी विषयको मास्टर्स डिग्रीको सर्टिफिकेट हातमा भएर पनि के जागिर गर्ने ? भन्ने विषयमा अन्यौलमा थिईन सुष्मा । परिवारलाई पनि समय दिन सकिने, आम्दानी पनि हुने खालको रोजगार चाहिएको थियो सुष्मालाई ।

Crest

घर धन्दामै रम्दै आएकी खनाललाई श्रीमानले जीवन बीमा अभिकर्ता बन्ने सल्लाह दिए । श्रीमानका साथी रिलायन्स लाइफ इन्स्योरेन्स बुटवलका ब्राञ्च म्यानेजर थिए । श्रीमानकै सल्लाहामा उनी रिलायन्स लाइफ पुगिन् । रिलायन्स लाइफबाट सुष्माले बीमा अभिकर्ताको लाइसेन्स हात पारिन् । उनलाई सुरुदेखि नै बीमा क्षेत्रमै केही गरेरै छाड्छु भन्ने अठोट मनभित्रैदेखि पलायो ।

सुष्माले सोचेको र खोजेको जस्तो पेशा बल्ल पाइन । जीवन बीमा अभिकर्ता पेशामा जोडिनु पूर्व अभिकर्ता पेशाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने खनाललाई कुनै जानकारी नै थिएन । बीमा अभिकर्ता पेशामा आवद्ध हुनुपूर्व आफुलाई अभितकर्ता पेशा के हो ? यसबाट कसरी आम्दानी गर्न सकिन्छ ? भन्ने केही जानकारी नभएको अनुभव सुनाउछिन् । विगत सम्झदै खनालले सुनाईन्, “यस पेशामा आए पछि स्वरोजगार भए, आफ्ना लागि आवश्यक पर्ने खर्च जोहो गर्न सक्ने भए ।”

अभिकर्ता पेशामा प्रवेश गरेपछि सुष्माको जीवनमा धेरै परिवर्तन आए । अभिकर्ता पेशामै जोडिएपछि पब्लिक रिलेशन बढ्यो, आम्दानीको स्रोतको दायरा पनि फराकिलो भयो । सबै खालका मानिसहरुसँग पनि जनसम्पर्क बढ्यो । घर व्यवहारमै अल्झिएको उनको दैनिकिमा अब समाजसेवी, बीमा अभिकर्ता मार्केटिङमा परिवर्तन भयो ।

बीमा अभिकर्ताको लाइसेन्स हात पारेपछि सुष्माले शुरुको बीमा आफ्नै सन्तानको गरिन् । आफु अभिकर्ता पेशामा आउनुअघि नै आफ्नो सन्तानको बीमा गर्न उत्सुक रहेकी सुष्माले अभिकर्ता पेशाको लाइसेन्स लिएपछि सो उत्सुकता आफै अभिकर्ता भएर पूरा गरिन् । ‘म आफै यस पेशामा जोडिनु अघिदेखि नै मलाई अभिकर्ताहरुले बीमाको प्रस्ताव लिएर आएका थिए । तर आफै बुझेर मात्रै बीमा गर्छु भन्ने जवाफ दिन्थे ।’

त्यसपछिका दिनमा पनि बीमा गर्दा पनि खासै गाह्रो नभएको बताउने सुष्मा भन्छिन्, “बीमा बुझाउन त्यति सजिलो त छैन्, तर पनि निरन्तर रुपमा लागि परेर काम गर्दा यो पेशामा सफल भइन्छ र सफल भएकाहरु पनि छन् ।” बीमा प्रस्ताव लिएर बजारमा जाँदा विभिन्न खालका उतार–चढावहरु पनि आउने गर्छन् उनले विगत सम्झदै आफ्नो अनुभव साटिन् ।

एउटा बीमा पोलिसी बेच्न नै लामो समयसम्म संघर्ष गर्नुपर्ने पेशा भएकाले यो पेशामा धैर्यता चाँहिने कुरामा उनले जोड दिईन् । ‘बीमा चेतना भएकाले पनि सहजै रुपमा बीमा गर्न चाहाँदैनन्’ उनले अनुभव साटिन् । सुष्मा बीमा व्यवसायप्रति आफै बीमा बुझ्न र अरुलाई पनि बीमाको आवश्यकता बुझाउने लक्ष्यसाथ प्रवेश गरेकी थिईन । शरुमा त उनलाई बीमाप्रति केही ज्ञान नै थिएन । तर जब उनी आफ्नै श्रीमानको प्रेरणाले रिलायन्स आईन तव खनाल बीमा बारे प्रष्ट भईन ।

‘बीमा अभिकर्ता बीमा कम्पनी र बीमितकाबीच मध्यस्थकर्ताको रुपमा काम गर्ने व्यक्ति हो ।’ उनले भनिन् । बीमा अभिकर्ता भनेको बीमा कम्पनी र बीमितको बीचमा रहेर काम गर्ने व्यक्ति हो । ‘अभिकर्ता पेशा आर्थिक रुपमा सबल हुने र सामाजिक पेशा हो । बीमा अभिकर्ता बीमा कम्पनी र बीमितहरुको बीचमा पुलको रुपमा रहेर काम गर्ने सम्मानित पेशा हो ।’ उनले भनिन् ।

एउटा असल बीमा अभिकर्तामा धेरै गुणहरु हुनुपर्ने उनको तर्क छ । मेहनती, इमान्दार, सहनशीलता, धैर्यता, लगनशिलतालगायतका गुणहरु मुख्य रुपमा बीमा अभिकर्तामा हुनुपर्ने सुष्माको धारणा छ । बोलिमा पक्कापन, नआत्तिने साथै बुझाउन सक्ने क्षमता अभिकर्तामा हुनुपर्ने उनको अनुभव छ । यीनै विभिन्न गुणहरु कै कारणले गर्दा नै होला आज सुष्मा यो पेशामा सफल छिन् ।

बीमा अभिकर्ताको पेशामा जोडिएकी सुष्मासँग बीमा गराउँदाका रमाईला अनि सम्झन लायकका पलहरु पनि छन् । एक जनाको बीमा गराउन जाँदा दुई जनाकै बीमा गराउन पाएर फर्कदाको क्षणले अझै प्रेरणा दिइरहेको छ । तीनै पलहरुलाई आफ्ना ज्ञान र अनुभवलाई सामेल गर्दै अभिकर्ता पेशामै रहेर अघि बढ्ने उनको लक्ष्य छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS