Prabhu Life Ad Final

इन्फिनिटी लघुवित्तले प्रस्ताव गर्यो १५.७९% लाभांश

IME PAY
IME Life

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५ /७६ को लागि लाभांश भोषणा गरेको छ । लघुवित्तले १५ दशमलव ७९प्रतिशत लाभांश दिने भएको घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ० दशमलव ७९ प्रतिशत नगद दिने पनि भएको छ ।

लघुवित्तले २ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, १ करोड ३ लाख ७० हजार रुपैयाँ नगद बाँड्नेछ । १६ लाख ३७ हजार ३६८ रुपैयाँ कर प्रयोजनका लागि पनि छुट्टाइएको छ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ ।

हाल लघुवित्तको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ छ । बोनस वितरणपछि पुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS