इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

125

शिवनगर, रौटहट । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले समुह परिचालक सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

संस्थाले हालसम्म संचालनमा रहेका विभिन्न शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

हालसम्म संस्थाले २३ वटा जिल्लामा ४५ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्