IME Life

अब घर-घरमा स्मार्ट मिटर, कसको घरमा बढि खपत भयो प्राधिकरणले थाहा पाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घर घरमा स्मार्ट मिटर राख्ने कार्य अघि बढाउने जनाएको छ । आइतबार तीन वर्षको समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले भने ‘अब घरघरमा स्मार्ट मिटर राखिन्छ, कति मिटर उठ्यो सर्भरले हिसाब गर्छ ।’ प्राधिकरणका अनुसार कुन घरमा कुन मिटरमार्फत बढि बत्ती खपत भएको छ, थाहा हुन्छ । हेभी भोटर, अत्याधिक पावरको हिटर, एसी र फ्रिज चलाएको कुरा नेपाल विद्युत प्राधिकरणकै कार्यालयबाट थाहा हुने अत्याधुनिक स्मार्ट मिटर राख्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कार्यकारी निर्देशक भएर गएपछि कूलमान घिसिङले बार्षिक आठ अर्ब नोक्सानमा रहेको कम्पनीलाई तीन वर्षमै सञ्चालन मुनाफा बार्षिक सात अर्ब पुगिसकेको छ । अबको योजना सुशासन, भ्रष्टाचार अन्त्य अन्तर्राष्ट्रिय विद्युत व्यापार भएको सुनाए ।

Prabhu
Crest

हेरौं उनले गरेको प्रगित प्राधिरकणकै भाषामा जस्ताको तस्तैः
तीन वर्षमा हासिल गरेका मुख्य उपलब्धीहरु
(१) वित्तीय तथा प्रशासनिक सुधारतर्फ
● आर्थिक वर्ष २०७२/७३ मा रु.८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३/७४ मा रु १ अर्ब ४७ करोड, आ व ०७४/७५ मा रु २ अर्ब ८५ करोड र आव ०७५/७६ मा रु ७ अर्ब २० करोड खुद नाफा आर्जन ।
●आर्थिक वर्ष २०७२/७३ मा रु.३४ अर्ब ६१ करोड संचित नोक्सानी रहेको प्राधिकरण यसलाई घटाउँदै आव ०७३/७४मा रु २८ अर्ब १७ करोड, आव ०७४/७५मा रु २५ अर्ब ५९ करोड र आव ०७५/७६मा रु १५ अर्ब २२ करोडमा झार्न सफल ।
● आर्थिक वर्ष २०७२/७३ मा रु.३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव ०७३/७४मा रु ५१ अर्ब ७० करोड, आव ०७४/७५मा रु ६१ अर्ब ९७ करोड र आव ०७५/७६मा रु ७३ अर्ब ४६ करोडमा पुगेकोे ।
● ‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’ भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको, प्राधिकरणले ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत चुहावट नियन्त्रण, विद्युत महशुल वक्यौता असुली लगायतलाई मूख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने प्रक्रिया सुरु गरिएको ।
● कर्मचारीको सरुवा, बढुवा, पदपूर्ति तथा पदस्थापन गर्ने कार्यलाई नियमित तथा प्रभावकारी बनाएको ।
● मुलुक संघीयतामा गएसँगै प्राधिकरणका क्षेत्रीय कार्यालयहरुलाई प्रादेशिक कार्यलयहरुमा रुपान्तरण गरिएको ।
(२) उत्पादन
● विभिन्न समस्या झेल्दै अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनाशकारी भूकम्पछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको त्रिसुली ३ ए जलविद्युत आयोजनाको निर्माणको काम सुचारु गराई निर्माण सम्पन्न गरिएको, १४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा पुगेको ।
●विगत तीन वर्षमा प्राधिकरणको १०४ मेगावाट र नीजि उत्पादकहरुको २७१ मेगावाट गरी जम्मा ३७५ मेगावाट जलविद्युत आयोजनाहरु संचालनमा आएको ।
●प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत आयोजनाको काम द्रुत गतिमा अघि बढेको ।
● भूकम्पपछि बन्द अवस्थामा रहेको स्वदेशी लगानीमा निर्माणाधिन राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण चालु आवभित्र सम्पन्न गर्ने गरी अगाडि बढाइएको ।
●प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेका ।
● १०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी अन्तिम चरणमा पुर्याई वित्तीय व्यववस्थापनको आवश्यक कार्य अगाडी बढाईएकोे । साथै ९९.६ मेगावाटको तामाकोशी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाईएको ।

(३) प्रसारण
● आव २०७२/७३ सम्ममा विद्युत् प्रसारण लाइनको संजाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९० सर्किट किलोमिटर पुगेको, गत आवमा मात्रै सात सय ५७ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई ६०६ सर्किट किलोमिटर चार्ज भएको ।
● लामो समयदेखि सम्पन्न हुन नसकी रुग्ण बनेको काबेली करिडोर सहित प्रसारण तर्फ ३ र वितरण तर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना गत आर्थिक वर्षमा सम्पन्न, १३ आयोजनाको ठेक्का सम्झौता रद्ध गरी पूनः ठेक्का प्रकृया शुरु गरिएको ।
● ढल्केवार २२० केभी सवस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतवीचको अन्तरदेशीय प्रसारण लाईन मुजफरपुर ढल्केवारलाई २२० के.भी. मा चालु गरिएको । कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइृनहरुको निर्माण सम्पन्न गरी नेपाल र विहारवीच विद्युत आदान प्रदानको क्षमता विस्तार गरिएको ।
● विगत तीन वर्षभित्र नयां निर्माण तथा स्तरोन्नति गरी १७१२ एम.भि.ए. क्षमताका प्रसारण सव्स्टेसन थप गरिएको ।

(४) वितरण तथा ग्राहक सेवा
● तीन वर्षअघिसम्म करिब ६२ प्रतिशत नेपालीले ग्रीडमा आवद्ध विद्युतीय सेवा पाएकोमा अहिले ७८ प्रतिशत जनतासम्म यो सेवा पुगेको, गार्हस्थ, सामुदायीक तथा औद्योगिक ग्राहक समग्र जोड्दा उपभोक्ताको संख्या ४५ लाख पुगेको ।
● ३३ केभी र सोभन्दा मुनि करिब १० हजार सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई चार्ज गरेको ।
● नयां निर्माण तथा स्तरोन्नति गरी ७६५ एम.भि.ए. क्षमताका वितरण सव्स्टेसनहरु प्रणालीमा थप गरिएको । करिव दश हजार वटा वितरण ट्रान्स्फर्मरहरु थप जडान गरी करिव एक हजार मेगावाट वरावरको वितरण क्षमता बढाएको ।
● ग्राहकले विद्युत महशुल बुझाउन कार्यालयमै जानु पर्ने अवस्थालाई अन्त्य गर्न अनलाइन पेमेन्ट सुरु गरिएको ।
● स्मार्ट मिटर प्रणाली काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाउन ठेकेदार कम्पनी छनोट गरी काम सुरु गरिएको ।
●देशभरी रहेका थ्री फेज मीटर तथा टि ओ डि मिटरहरुलाई स्मार्ट मीटर ले प्रतिस्थापन गर्ने कार्य द्रुत गतिमा अगाडि बढाएकोे ।
● काठमाडौं उपत्यकमा जथाभावीरुपमा राखिएको तारलाई पहिलो चरणमा महाराजगंज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत गरी व्यवस्थापन गर्न ठेकेदार कम्पनीले काम सुरु गरिसकेको । काठमाडौ, ललितपुर र भक्तपुर शहरहरुमा भूमिगत वितरण लाईन वनाउने गरी कार्य अगाडि बढाइएको ।
चुहावट नियन्त्रण
● तीन वर्ष अगाडी कूल २५.७८ प्रतिशत रहेको विद्युत चुहावटलाई तीन वर्षभित्र १५.३२ प्रतिशतमा ल्याइएको, तीन वर्षभित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले वार्षिक रु ७ अर्ब थप आम्दानी गरेको ।
(५) विद्युत व्यापार
●निजी क्षेत्रका ३४० आयोजनाहरुसँग ६ हजार ४४ मेगावाटको विद्युत खरिद संझौता (पीपीए) भएको । आव २०७२/७३मा २७ आयोजनासँग ४७४ मेगावाटको पीपीए भएकोमा आव ०७३/७४मा २८ आयोजनासँग ५५६ मेगावाट, आव ०७४/७५मा ४५ आयोजनासँग ११०३ मेगावाट र ०७५/७६मा ८५ आयोजनासँग १४८० मेगावाटको पीपीए गरिएको ।
●नेपाल र भारतवीच वर्षौंदेखि हुन नसकिरहेको विद्युत अदान प्रदान समितिको बैठक लाई नियमितता प्रदान गर्दै प्रत्येक वर्ष बैठक वसी विद्युत व्यापार एवं प्रसारण पुर्वाधार विकास गर्न आवश्यक छलफल एवं निर्णय गरिएको ।

आगामी कार्ययोजना
सरकारको निर्देशन र उपभोक्ताको हित नेपाल विद्युत प्राधिकरणका लागि सर्वोपरि हो । उच्च आर्थिक विकासको लक्ष्य पुरा गर्ने सरकारको उद्धेश्यअनुसार आवश्यक उर्जा उत्पादन, प्रशारण तथा वितरण गर्न मात्र होइन, राष्ट्रको सम्पत्ति यो संस्थालाई नाफामूलक, अनुशासित, सम्मानित र शसक्त बनाउन स्पष्ट दृष्टिकोणका साथ प्राधिकरणलाई अघि बढाइने छ ।
विगतमा लोडसेडिङ अन्त्य गर्न मुख्य ध्यान केन्द्रित गरेको प्राधिकरणले अब ग्राहकको सन्तुष्टीलाई केन्द्रविन्दुमा राखी सोही अनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढीकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउने छ ।
आगामी दिनमा वर्षायाममा उत्पादित विद्युतलाई खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित गरिने छ ।
लोड सेडिङअन्त्य पछि उत्पन्न भएका चुनौतीलाई समाना गर्दै सुरक्षित, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्राधिकरण दृढ छ ।
अनलाईन तथा एकीकृत भुक्तानी प्रणालीलाई अबलम्बन गरी ग्राहकहरुलाई थप सुविधा उपलब्ध गराइने छ । प्राधिकरणले अब जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरुलार्ई गेम चेन्जर आयोजनाको रुपमा अगडि बढाउने छ ।

सुशासन
● संस्थागत सुशासनलाई कठोरता साथ लागू गरिने छ, भ्रष्टाचार नियन्त्रणमा सून्य सहनशीलताको नीति अबलम्बन गर्दै प्राधिकरणका क्रियाकलापलाई थप जिम्मेवार, पारदर्शी र जवाफदेही बनाइने छ ।
● मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थालाई अन्त्य गर्न स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामाजस्तै स्वचालित विलिङ लागू गरिने छ ।
● प्राधिकरणको आन्तरिक प्रणाली र सेवा प्रवाहमा आधुनिक एवं नविनतम् सूचना प्रविधिको प्रयोग गरी ‘डिजिटल एनईए’ बनाइने छ । इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली लागू गरिने छ ।
संस्थागत विकास
● प्राधिकरणको वित्तीय अवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वःउत्पादन वृद्धि, विद्युत चुहावट घटाउँदै विद्युतको बिक्री परिमाण बढाउने लगायत उपलब्ध स्रोतको अधिकतम परिचालन गर्ने ।
● नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत प्राधिकरणको दोस्रो वित्तीय पुर्नसंरचनामा भएको व्यवस्था र प्राधिकरण ऐनमा भएको व्यवस्था अनुसार प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्न आवश्यक पहल गर्ने ।
● प्राधिकरण होल्डिङ संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युत वितरण संस्था खोलिने छ ।

वितरण तथा विद्युतीकरण
२०७९ भित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पु¥याउने सरकारको महाअभियानलाई साथ दिन र उपभोक्तालाई सुरक्षित, पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि हरसम्भव प्रयास गरिने छ । यसका लागि वितरण प्रणाली संजालको विस्तार गरिने छ ।
स्थानीय तहलाई क्रमिक रुपमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रम अभियानकै रुपमा चलाइने छ । चालु आवमा राष्ट्रिय ग्रिड नपुगेका रुकुम पूर्व, कालिकोट,जुम्ला र बाजुरामा ग्रिड पुर्याइने छ । ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिनेछ ।
●देशैभरि स्मार्ट मीटर जडान कार्य ंगरिनेछ । वितरण प्रणालीलाई स्वचालित ९ब्गतयmबतष्यल० बनाउन कार्यक्रम अगाडि बढाईने छ ।
●आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिनेछ ।

माग व्यवस्थापन
● विद्युत खपतको दायरालाई विस्तार गरिने छ । विद्युतीय यातायातका लागि चार्जिङ स्टेसन स्थापना, विद्युतीय चुलो जस्ता विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने छ ।
●ऊर्जा दक्षता कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने छ । ऊर्जा दक्षता भएका लीड चिम, पङ्खा, क्यापासिटर बैंक, पानी तान्ने मोटरलगायतका उपकरणहरुको प्रयोगमा व्यापकता ल्याई ऊर्जाको उच्च माग व्यवस्थापन गरिने छ ।
चुहावट नियन्त्रण
● प्राधिकरणमा रहेको प्राविधिक र गैरप्राविधिक चुहावटका नियन्त्रणलाई निरन्तरा दिइने छ । चालु आवमा विद्युत् चुहावटलाई १२ प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यक्रम संचालन गरिने छ ।
उत्पादन
● जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १०६० मेगावाटको माथिल्लो अरुण र ९९.६ मेगावाटको तामाकोसी पाँचौ जलविद्युत आयोजनामा ४९ प्रतिशत साधारण सेयर सर्वसाधारणको सुनिश्चित बनाई स्वेदशी वित्तीय संस्था र अन्तराष्ट्रिय वहुपक्षीय विकास साझेदारको सुहलियतपूर्ण ऋण रहने मोडलमा वित्तीय व्यवस्थापन ९ँष्लबलअष्ब िऋयिकगचभ० गरी निर्माण अगाडि बढाइने छ । ६३५ मेगावाटको दूधकोसी आयोजनाको पनि वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ । साथै उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना (८२५ मेगावाट), चैनपुर सेती (२१० मेगावाट) लगाएत चिलिमे अन्तर्गत करिव ४२५ मेगावाटका जलविद्युत आयोजनाहरु अगाडि बढाईनेछ ।
● ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र निजी क्षेत्रका आयोजनाबाट चालू आवमा करिब १००० मेगावाट विद्युत प्राणालीमा थपिने गरी काम अगाडि बढाइने छ ।
● २५ मेगावाटको ग्रिडमा आवद्ध सौर्य ऊर्जा परियोजनाको निर्माण सम्पन्न गरिने छ ।

प्रसारण
● सिंगटी— लामोसाँघु, सोलु करिडोर,दाना—कुश्मा,दोर्दी करिडोर, भरतपुर—बर्दघाट,मस्र्याङदी—काठमाडौं, चिलिमे —त्रिशूली, समुन्द्रटार—त्रिशुली ३ वी हव, कोसी करिडोर (इनरुवा—तुम्लिङटार खण्ड) प्रसारण लाइनको निर्माण चालू आवमा सम्पन्न गरिने छ ।
● ढल्केबरमा निर्माणाधीन ४०० केभीको उच्च क्षमताको सबस्टेसन चालु आवमा निर्माण सम्पन्न गरी संचालनमा ल्याइने छ ।
● देशैभरका प्रसारण सबस्टेसनहरुलाई स्वचालित गरिनेछ ।
●नेपाल र भारतबीचका विभिन्न अन्तरदेशीय प्रसारण लाइनहरु योजनाबद्ध रुपमा निर्माण गरिने छ, बुटवल—गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण मोडलको टुंगो लगाई निर्माण अगाडि बढाइने छ । साथै चालु आ.व.मा रुपन्देहीको मैनहीयादेखि उत्तर प्रदेश राज्यको सम्पतियासम्मको १३२ के.भी. प्रसारण लाईनको निर्माण शुरु गरिनेछ । कुशाहा–कटैयाको दोस्रो सर्किट लाईन निर्माण शुरु गरिनेछ ।
● न्यू बुटवल–अत्तरीया (कन्चनपुरको दैजी) ४०० के.भी. लाईनको विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाईने छ । अन्य ४०० के.भी. लाइनहरुको अध्ययन गरिने छ ।
● नेपालको रातमाटे र चीनको केरुङसम्मको ४०० केभी क्रस बोर्डर प्रसारण लाइनको नेपालतर्फको सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउन आवश्यक पहल गरिने छ ।
विद्युत व्यापार
प्राधिकरणले भारतका उर्जासंग संवन्धित विभिन्न निकायहरुसंग छलफल एवं वार्ता गरी नेपाल भारतवीचको डे अहेड र टर्म अहेड विद्युत वजार मार्फत विद्युत व्यापार गर्न एनटिपिसि विद्युत व्यापार निगमसंग संझौता सम्पन्न गरी भविश्यमा कारोबार शुरु गरिने छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण र नेपाल विद्युत प्राधिकरणवीच इनर्जी बैंकिङसम्वन्धी आवधारणा पत्रमा सैद्धान्तिक सहमति जुटिसकेकाले इनर्जी बैंकिङसम्वन्धी कारोबार शुरु गरिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS