IME Life

शिखर इन्स्योरेन्सद्वारा छ वर्षमा १६१% लाभांश, उतिबेलाको १० कित्ता शेयर अहिले कति पुग्यो ?

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जिवन बीमा कम्पनीहरु मध्ये स्थापित कम्पनी हो । तर यस बर्ष एनएफआरएसको कारणले गर्दा कम्पनीको कारोबार राम्रो भएपनि लगानीकर्ताहरुको हात खाली हुन पुग्यो ।

सबैभन्दा ठूलो कारोबार गर्ने निर्जिवन बीमा मध्येको शिखरले अघिल्लो आवबाट लाभांश दिन सकेन ।निरन्तर लामो समयदेखि आकर्षक लाभांश दिंदै लगानीकर्तालाई खुशी बनाउदै आएको कम्पनीले विगत ६ आर्थिक वर्षमा १६१ दशमलव ०३ प्रतिशत लाभांस खुवाउन सफल भएको छ ।

Prabhu
Crest

१६१ दशमलव ०३ प्रतिशत लाभांस मध्ये १५३ प्रतिशत बोनस शेयर रहेको छ भने ८ दशमलव ०३ प्रतिशत नगद लाभांश रहेको छ । सो नगद पनि लगानीकर्ताले हात पार्न सकेनन्, उनीहरुले पाएको बोनस शेयरको कर प्रयोजनमा खर्च गरियो ।

६ आर्थिक वर्ष मध्ये कम्पनीले २०७२।७३ मा सर्वाधिक ६० प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांस सहित ६३ दशमलव १५ प्रतिशत लाभांस प्रदान गरेको थियो ।

हेरौं कम्पनीको विगत छ वर्षको लाभांशको अवस्था :

कम्पनीको आर्थिक वर्ष २०६९।७० को साधारण सभाको बुक क्लोज हुन अघि १० कित्ता शेयर हुने लगानीकर्ताको अहिले ३७ कित्ता शेयर पुगेको छ ।

कम्पनीले प्रदान गरको जम्मा ८ दशमलव ०३ प्रतिशत नगद लाभांस बोनस शोयर प्रयोजनार्थ कर प्रयोजनका लागि उपयोग गरिएको हो ।

स्रोत : कम्पनीहरुले प्रकाशन गरेका बार्षिक प्रतिवेदन

कम्पनीले २०६९।७० मा लगानीकर्ताहरुलाई २० प्रतिशत बानेस सेयर र १ दशमलव ०५ प्रतिशत नगद लाभांस गरि २१ दशमलव ०५ प्रतिशत लाभांस दिएको थियो ।

त्यस्तै, २०७०।७१ मा २१ दशमलव ०५ प्रतिशत, २०७१।७२ कम २५ दशलव २६ प्रतिशत, ०७२।७३ मा ६३ दशमलव १५ प्रतिशत र ७३।७४ मा ३० दशमलव ५२ प्रतिशत लाभांस प्रदान गरेको थियो भने ७४।७५ मा भने लाभांस प्रदान गरेको छैन । कम्पनीले आर्थिक बर्ष २०६९।७० भन्दा अगाडि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS