IME Life

सरकारी स्वामित्वका कृषि विकास र नेपाल बैंकलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंक र नेपाल बैंक दुवै सरकारी स्वामित्वका वाणिज्य बैंक हुन् । यी दुबै नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैंक हुन् । यी दुवै बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको रिपोर्ट प्रकाशन गरेका छन् । इन्स्योरेन्स खबर टिमले यी दुबै बैंकलाई एकै ठाउँमा राखेर गरेको तुलनात्मक अध्ययन

चुक्ता पूँजीको आधारमा
नेपाल बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने कृषि विकास बैंकको चुक्ता पूँजी ९ अर्ब १ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सरकारको ५ अर्ब ४३ करोड अग्राधिकार शेयर समेत गर्दा कृषि विकास बैकको वित्तीय विवरणमा प्रकाशित चुक्ता पूँजी १४ अर्ब ४४ करोड हुन्छ ।

Prabhu
Crest

जगेडाकोष, संचित मुनाफा र शेयर प्रिमियमको आधारमा
नेपाल बैंककोे जगेडाकोषमा १३ अर्ब ३४ करोड, संचित मुनाफा ३ अर्ब १ करोड र शेयर प्रिमियम शिर्षकमा ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ भने कृषि विकास बैंकको जगेडा कोषमा १० अर्ब ४० करोड, संचित मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । कृषि विकास बैंकको शेयर प्रिमियम शिर्षकमा भने केही रकम उल्लेख गरिएको छैन ।

निक्षेप र कर्जाको आधारमा
नेपाल बैंकको भन्दा निक्षेप संकलनमा कृषि विकास बैंक अगाडी रहेको छ भने कर्जा प्रवाहको आधारमा पनि कृषि विकास बैंक नै अगाडी रहेको छ ।

आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासमा कृषि विकास बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै नेपाल बैंकले सोही अवधिमा १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नोट : भदौ २६ गतेको बजार मुल्यको आधारमा मूल्य आम्दानी अनुपात र पीबी रेसियो गणना गरियो। त्यस्तै,
सरकारको ५ अर्ब ४३ करोड अग्राधिकार शेयर समेत गर्दा कृषि विकास बैकको वित्तीय विवरणमा प्रकाशित चुक्ता पूँजी १४ अर्ब ४४ करोड हुन्छ । तर हामीले अग्राधिकार शेयर लाई तथ्याकमा समावेश नगरी तयार पारिएको रिपोर्ट

खुद नाफाको आधारमा
खुद नाफाको आधारमा पनि नेपाल बैंकभन्दा कृषि विकास बैंक नै अगाडी रहेको छ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासमा ४ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ भने नेपाल बैंकले सोही अवधिमा २ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

प्रति शेयर आम्दानीको आधारमा
प्रति शेयर आम्दानीको आधारमा पनि कृषि विकास बैंक नै अघि छ । कृषि विकास बैंककोे प्रति शेयर आम्दानी ४४ रुपैयाँ ६७ पैसा रहेको छ भने नेपाल बैंकको २६ रुपैयाँ ६२ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपातको आधारमा
कृषि विकास बैंक र नेपाल बैंकको मूल्य आम्दानी अनुपात १२ गुणा भन्दा मुनी छ । १२ गुणा भन्दा मुनीको मूल्य आम्दानी अनुपातलाई सन्तोषजनक मानिन्छ। नेपाल बैंकको मूल्य आम्दानी अनुपात ११ दशमलव ८३ गुणा रहेको छ भने कृषि विकास बैंकको मुल्य आम्दानी अनुपात ९ दशमलव ३१ गुणा रहेको छ ।

वितरण योग्य मुनाफा
वितरणयोग्य मुनाफाको आधारमा हेर्ने हो भने नेपाल बैंक अगाडी रहेको छ । नेपाल बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ भने कृषि विकास बैंकको ३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

निस्क्रिय कर्जाको आधारमा
कृषि विकास बैंकको निस्क्रिय कर्जा २ दशमलव ९० प्रतिशत छ भने नेपाल बैंकको निस्क्रिय कर्जा २ दशमलव ५८ प्रतिशत रहेको छ । त्यस्तै, कृषि विकास बैंकको बेस रेट १० दशमलव ५८ प्रतिशत रहेको छ भने नेपाल बैंकको बेस रेट ७ दशमलव ९८ प्रतिशत रहेको छ ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS