IME Life

पुरस्कार र सम्मानले बीमा अभिकर्तामा उत्साह, टार्गेट पुर्याउन विकृत्ति मौलाउँदै

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा व्यवसाय दिनप्रतिदिन विस्तार र फराकिलो हुँदैछ । नयाँ कम्पनीहरुको आगमनसँगै बीमाको पहुँच उल्लेख्य रुपमा बृद्धि भएको तथ्याङ्क हाम्रो सामू छ । यति हुँदाहुँदै पनि बीमाभित्र विकृति पनि मौलाउदै गएको बीमाको मेरुदण्ड मानिने जीवन बीमा अभिकर्ताहरुको गुनासो छ ।

जीवन बीमा कम्पनीहरु नयाँ चालु आर्थिक वर्षको रणनीति बनाउन तथा बीमा अभिकर्ताहरुलाई प्रोत्साहन स्वरुप सम्मान र पुरस्कार दिन व्यस्त छन् । त्यही सम्मान र पुस्कार पाउन टार्गेट पुर्याउने नाममा गलत अभ्यास बीमा क्षेत्रमा मौलाउँदै गएको बीमा अधिकांश बीमा अभिकर्ताहरु स्वीकार गर्छन् ।

Prabhu
Crest

बीमा कम्पनीका उच्च तहका कर्मचारीहरुले सूचना लिक गर्ने, अभिकर्ताले टार्गोट पुराउने नाममा बीमीतहरुलाई हतारमा बीमा पोलिसी बिक्रि गर्ने र जबजस्ती पोलिसी बिक्रि गनार्लेे सम्रग बीमा क्षेत्रबारे नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।यसै सन्दर्भमा प्रस्तुत छ, इन्स्योरेन्स खवरकी संवाददाता रिना खत्रीले बीमा अभिकर्ताहरुसँग कुराकानी गरेको तयार गरेको सामग्री ।

स्वस्तिराज ओली, महालक्ष्मी लाईफ इन्स्योरेन्स

बीमा कम्पनीहरुले उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्न कार्यक्रमले अभिकर्ताहरुलाई थप प्रोत्साहन हुने गर्दछ । कम्पनीले विभिन्न कामको मूल्याङकन गरेर विभिन्न विधामा सम्मान गर्दा अभिकर्ताहरुलाई थप हौसलाका साथ अघि बढ्न मद्दत गर्दछ ।

कहिलेकाँही जुनियर अभिकर्ताहरुले आफुभन्दा बढी टार्गेट पूरा गरेर अघि बढ्दा आफु सिनियर भएर पनि पछि नै भएको हो कि भन्ने भान पनि गराउँछ । तर सम्रगमा भन्दा विजनेसमा कहिलेकाँही तल माथि हुन्छ भनेर यसलाई बुझ्नुपर्छ । यसलाई कुनै ठूलो रुपमा भने हेर्नुहुदैन भन्ने मेरो धारणा हो ।

टार्गेटको नाममा बीमा पोलिसी जर्बजस्ती बिक्री गर्ने जुन किसिमको प्रवित्ति बढ्दै गएको छ यस बिषयमा सोच्नु जरुरी छ । यसले बीमा बजारमा हेर्ने दुष्टिकोणमा समेत परिर्वतन ल्याउनेतर्फ सबै सचेत हुनुपर्दछ ।

सुरेन्द्र गिरी, महालक्ष्मी लाईफ इन्स्योरेन्स

बीमा अभिकर्ताहरुलाई गरिने उत्कृष्ट सम्मान कार्यक्रम समान हुनुपर्छ भन्ने मेरो धारणा हो । सिनियर र जुनियर विधा छुट्याएर सम्मान गर्दा अझै राम्रो हुने थियो । तर कम्पनीले प्रदान गर्दै आएको उत्कृष्ट एजेन्सी सम्मानले अभिकर्ताको हौसला बढ्ने र प्रोत्साहित भने पक्कै मिल्छ ।

साथै कुनै पनि कम्पनीले टार्गेटको नाममा बीमितलाई गलत जानकारी दिएर बीमा पोलिसी बिक्रि गर्नु नै अपराध हो । यसले भोलिको बीमा बजारमा गलत भ्रम फैलाउने काम गर्दछ । त्यसैले टार्गेटको नाममा बीमीतलाई जबजस्ती पोलिसी बिक्रि रोक्नुपर्दछ ।

जीवन गौतम, एशियन लाईफ इन्स्योरेन्स

कुनै पनि अर्वाड र सजायमा सकारारत्मक र नकारात्मक कुरा रहेको हुन्छ । त्यसैले यसमा पनि दुवै पक्ष मैले देखेको छु । टप एजेन्टहरुलाई कम्पनीहरुले विभिन्न्न सम्मान र पुरस्कार प्रदान गरेर प्रोत्साहन गरिरहेको हुन्छ । त्यसैगरी, जुनियर लेभलका अभिकर्ताहरुलाई पनि त्यसै अनुरुप सम्मान कार्यक्रम रह्यो भने अझ फलदायी हुन्छ । टप लोभलको अभिकर्ताहरुलाई सम्मान गर्दा पक्कै पनि जुनियर लोभलको अभिकर्ताले पनि भोलिको दिनमा उक्त स्थानमा आफू पनि उक्त स्थानमा पुग्ने संकल्प गर्दछ । त्यसैले यसलाई नराम्रो मान्न मिल्दैन ।

ओम बहादुर केसी,नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाईफले २०६८/६९ देखि नै उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम गर्दै आएको छ । मेरो विचारमा यसले राम्रो नै गर्छ होला । कम्पनीले कामको मूल्याङ्कन गरेर उत्कृष्ट छनोट गर्दा अभिकर्तालाई अझ हौसाला प्रदान हुन्छ ।

तर अभिकर्ताको प्रतिस्पार्धाको कारण कहिलेकाहि बीमित मारमा पनि पर्ने गरेको छ । टार्गेट पुराउने नाममा बीमितलाई पोलिसीको बारेमा विस्तृत जानकारी नदिएर वा आफन्तलाई टार्गेटको नाममा जबरजस्ती बीमा पोलिसी बिक्री गर्ने प्रवृतिले गर्दा बीमा क्षेत्रमा भने केही असर गर्छ कि भन्ने लाग्छ ।

संजिता भक्त राज, एलआईसी नेपाल

पछिल्लो समय बीमा अभिकर्ताले टार्गेट पुराउने नाममा प्रतिस्पधा नै हुने गरेको छ । कम्पनीले दिएको टार्गेट पुराउन आफ्नै पैसा राख्ने, अभिकर्ताको नाम मात्र राख्ने जस्ता कामहरु भइरहेका छन् । यसले भोलिको दिनमा विकृति भित्राउने काम गर्दछ । यसमा हामी सजग रहनु जरुरी देखिन्छ ।

भोलिको बीमा बजारमा यसले असर पुराउने भएको कारण यस बिषयमा बीमा समिति तथा बीमा कम्पनीहरुले पक्कै पनि गम्भिरताका साथ सोच्ने समय आएको छ । टार्गेटको नाममा बीमितलाई आवश्यक पोलिसी दिने काम पनि कम भईरहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS