IME Life

फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भीड, ४० हजारले गरे अवलोकन

SPIL
NIC ASIA

काठमाडौं । सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । बुधबारदेखि सुरु भएको एक्स्पोको शुक्रबारसम्ममा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालका अनुसार शुक्रबार बेलुकासम्ममा ४० हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् । ‘विगत वर्षको जस्तै अवलोकनकर्ताको उल्लेख्य सहभागिताले हामी उत्साहित बनेका छौं । ५ दिनमा ७५ हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने विश्वास लिएका छौं ।’ अग्रवालले भने । उनका अनुसार बिहीबारसम्ममा ३० हजारभन्दभ बढीले मेला अवलोकन गरेका थिए ।

Prabhu
Crest

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ ।

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ ।किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बन्ने छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी एक्स्पोको गत बुधबार उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेका थिए । एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायीमार्फत ५ लाखभन्दा बढीले रोजगारी पाइरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS