अनाधिकृत डिम्याट खोल्नेमाथि कडाइ गर्न बोर्डको निर्देशन

81

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निक्षेप सदस्यहरुको निरीक्षण गर्न सीडीएस एन्ड क्लियरिङलाई निर्देशन दिएको छ । ब्रोकर कम्पनीहरुले अनधिकृतमा डिम्याट खाता खोलेको भन्दै धितोपत्र बोर्डले सिडिएसीलाई त्यसको निरीक्षण गरी १५ दिनमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

धितोपत्र बोर्डको नियम अनुसार हाल १ जना व्यक्तिले २ वटा सम्म डिम्याट खाता खोल्न सक्छ । अवैध कारोबारका लागि १ जनाले २ भन्दा बढी खाता खोलेको वा अन्य व्यक्तिका नाममा समेत खाता खोलिएको आशंका बोर्डले गरेको हो । आफ्ना निक्षेप सदस्यहरुमा सुक्ष्म नियमन गर्न बोर्डले निर्देशन जारी गरेको हो ।

ब्रोकरले त्यस्ता खाताको नविकरण गर्ने गरेको लगायतका गुनासा बोर्डमा आएको भन्दै त्यस्तो गरेको पाइएमा कडा कारबाही गर्ने समेत जनाएको छ ।

 

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्