IME Life

प्राइम लाइफ इन्स्योरेन्सको १२.५% बोनश पाउन कहिलेसम्म बन्ने शेयरधनी ?

SPIL
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले १२ दशमलव ५ प्रतिशत बोनस सेयर प्रयोजनका लागि भदौ ३१ गते मंगलबार बुक क्लोज गर्ने भएको छ । कम्पनीको लाभांश पाउनका लागि भदौ ३० गते सोमबारसम्म सेयरधनी भइसक्नुपर्ने गरी कम्पनीले सुचना जारी गरेको छ ।

कम्पनीले बोनस अनुमोदन तथा अन्य एजेण्डाको लागि असोज ७ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आफ्ना शेयरधनीलाई १२ दशमलव ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले दिन लागेको उक्त बोनशको कर तिर्न नगद लाभांश पनि दिने जनाएको छ ।

Crest
Meta Holidays

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा गर्न बाँकी छ । सामान्यतयः लाभांश प्रस्ताव वार्षिक साधारण सभाबाट अनुमोदन गरिने भए पनि प्राइमले भने विशेष साधारण सभामार्फत अनुमोदन गर्ने भनेको छ ।

कम्पनीले २२ करोड ३१ लख ४ हजार ३७५ रुपैयाँ बरारबरको बोनस वितरण गर्नेछ । बोनसमा लाग्ने कर प्रयोजनका लागि १ करोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । यो लाभांश नियामक बिमा समिति र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

हाल कम्पनीकोे चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । बोनसपछि पुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x