IME Life

माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरी सामान खरिद गर्दा कुनै शुल्क नलाग्ने

SPIL
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकको कार्ड प्रयोग गरी सामान खरिद गर्ने ग्राहकहरुलाई विषेश छुटको व्यवस्था गरेको छ । बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गर्दाबैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरिदमा कुनैपनि शुल्क नलाग्ने सुविधा ल्याएको जनाएको छ ।

अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षण लाई मध्यनजर गर्दै बैंकले उक्त सुविधा ल्याएको जनाएको छ ।

Crest
Meta Holidays

ग्राहक माहानुभावहरुले बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी बैंकको अन्तराष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्ने छैन ।

बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आव्हान समेत गरेको छ । यस सम्बन्धी थप जानकारी बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको छ ।

हालसम्म बैंकले १३६ वटा शाखाहरु, १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १५९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x