IME Life

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक शेयर तालिम

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक शेयर बजार सम्बन्धी तालिम हुने भएको छ । उक्त प्रदेशका लगानीकर्तालाई शेयर बजारमा आकर्षित गराउन तीन जिल्लामा तालिम संचालन हुन लागेको नेपाल पुँजिबजार लगानीकर्ता संघ सुदूरपश्चिम प्रदेशका संयोजक कुमार थापाले जानकारी दिए ।

Crest

नेपाल स्टक एक्सचेन्जको आयोजनामा नेपाल पुँजिबजार लगानीकर्ता संघ र दीपशिखा धितो पत्र कम्पनी प्रालिको सहयोगमा कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र डडेल्धुरामा तालिम सञ्चालन हुने थापाले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।तालिममा शेयर बजार, शेयर खरिद बिक्रीका प्रक्रिया, स्टक मार्केट, अनलाईन स्टक र स्टक मार्केटमा ईन्ट्री, अनलाईन शेयर कारोबार बारे तालिम दिन लागिएको हो ।

तालिम पछि लगानीकर्ताहरुले शेयर खरिद गर्न दलालको सम्पर्कमा नगई आफै घरबाटै कारोबार गर्न सक्ने लक्ष्य लिइएको छ । शेयर लगानीको बहुआयामिक पाटोबाट लागानीकर्ताहरुलाई जानकारी दिने उदेश्य रहेको नेपाल पुँजिबजार लगानीकर्ता संघ सुदूरपश्चिम प्रदेशका संयोजक थापाले जनाए । सबैलाई निःशुल्क प्रदान गरिने तालिममा स्थानीय जनताको उल्लेखय उपस्थिति रहने विश्वास लिइएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS