Prabhu Life Ad Final

कुमारी बैंकको १० प्रतिशत बोनस सुरक्षित गर्न आज अन्तिम दिन

IME PAY
IME Life

काठमाडौं । कुमारी बैंकको १० प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार (आज) अन्तिम दिन हो । बैंकले साधारण सभा प्रयोजनका लागि भदौ २९ गते आइतबारदेखि असोज ११ गतेसम्म बुक क्लोज गर्दैछ । शनिबार अतिन्म दिन भएपनि शुत्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले बिहीबारभित्रै सेयरधनी बनिसक्नुपर्ने भएको छ ।

बैंकले असोज ११ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले १० प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न ४ करोड ५७ लाख १३ हजार ५४२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

साधारण सभा नक्साल ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बोनस सेयरपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ ।

हाल बैंककोे पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS