IME Life

एनआइसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, असोज १० गते एजिएम

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एसिया बैंकको २१ दशमलव ०५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार (भदौ २६ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि भदौ २९ गते आइतबारदेखि असोज १० गतेसम्म बुक क्लोज गर्दैछ । भदौ २८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने भए पनि यस दिन शनिबार परेको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

एनआइसी एसियाले असोज १० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । सभामा बैंकले २१ दशमलव ०५२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट ११ दशमलव ०५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१ दशमलव ०५२ प्रतिशत लाभांश दिन लागेको हो ।

Prabhu
Crest

सभामा आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रेहको छ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने समेतको एजेन्डा पनि छ ।

अन्य बैंक तथा वित्तीय संस्था एक्वायर गर्न पनि तयार देखिएको जनाएको छ । कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुँदैछ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS