IME Life

नेपाल फर्निचर तथा फर्निसिङ्ग एक्स्पो सुरु, एक्स्पोको मात्रै आठ करोडको बीमा

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा आजदेखि  काठमाडौंमा फर्निचर तथा फर्निसिङ् फर्नेक्स एक्स्पो सुरु भएको छ ।

Prabhu
Crest

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको मेलामा आउनसक्ने जोखिमका लागि आठ करोड रुपैयाँको बीमा गरिएको इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले इन्स्योरेन्सखबरलाई बताए ।

बुधबारदेखि सुरु भएको मेलामा राखिएको स्टलहरुको बीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीमा गरिएको कम्पनीले जनाएको छ । समग्र एक्स्पोको आठ करोड बराबरको बीमा गरिएको र प्रतिस्टल एक लाख रुपैयाँ बीमा गरिएको आयोजक कम्पनीका प्रधानले बताए ।

प्रर्दशनमा राखिएका स्टलहरुको जोखिम सुरक्षणको लागि बीमा गरिएको प्रधानको भनाई छ । यसअघि नाडा अटो शोमा जम्मा ८० लाख रुपैयाँको बीमा गराइएको थियो । उक्त रकम पनि सिद्धार्थ इन्स्योरेन्सको स्टल राखेर हिसाब मिलान शैलीको भएपनि यस पटकको बीमा भने प्रभावकारी रुपमा गरिएको छ ।

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना गरिएको बताए ।

पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय २० हाराहारीमा फर्निचर र फर्निसिङ्जन्य सामग्रीका स्टल छन्  । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS