नेशनल लाईफ नेपालगन्ज शाखाद्वारा उत्कृष्ट एजेन्सीलाई सम्मान

203

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको नेपालगन्ज शाखाले गत शनिबार आयोजित एक कार्यक्रमका बीच शाखाको उत्कृष्ट कारोबार गर्ने एजेन्सीलाई सम्मानित गरेको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै कारोबार गरेर शंकर लामिछाने अशान्तलाई सम्मान गरिएको हो । अशान्तलाई नेपालगन्ज शाखाका प्रमुख दीप नारायण खनाल र प्रदेश नं ५ र ६ का प्रमुख रामचन्द्र तिवारीले संयुक्त रुपमा सम्मान गरेका हुन् । कार्यक्रममा दोस्रो भएकी गंगा शर्मा तथा तेस्रो तुल्सी थापालाई पनि सम्मान गरिएको थियो ।

एक सय ५० भन्दा बढि अभिकर्ताहरुको उपस्थितिमा आयोजित कार्यक्रममा बीमाको कारोबार बढाउन हौसला प्रदान गरिएको थियो । देशकै प्रथम द्वितीय तृतीय स्थान ल्याउन सक्ने लिडर अभिकर्ता जन्माएको नेपालगञ शाखालाई नमुना शाखाको रुपमा लिइन्छ । नेपालगन्ज शाखाले अघिल्लो आर्थिक वर्षमा १८ करोडको हाराहारीमा प्रथम बीमाशुल्क संकलन गरेको थियो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्