एनएमबिका दुई म्युचुअल फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

40

काठमाडौं । एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित दुई म्युचुअल फन्डको नगद लाभांश सुरक्षित गर्ने भदौ २५ गते (आज)अन्तिम दिन हो । एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि सुलभ इन्भेष्टमन्ट फन्ड–१ ले नगद लाभांश वितरण गर्न बिहीबार (भदौ २६ गते) बुक क्लोज गर्ने भएका हुन् । बुधबारसम्म मात्र कायम रहने इकाइधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।

एनएमबि हाइब्रिड फन्ड एल–१ योजनाले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने छ भने, एनएमबि सुलभ इन्भेष्टमन्ट फन्ड–१ ले पनि करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्नेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्