IME Life

बैंक र अनलाईन पेका आईटी अडिट गर्न राष्ट्र बैंकको निर्देशन

SPIL
Sanima Reliance

काठमाडौं । चिनियाँहरुले नेपाली बैंकको प्रणाली ह्याक गरेर पैसा लुटेपछि नियामक नेपाल राष्ट्र बैंक सचेत देखिएको छ । राष्ट्र बैंकले मंगलबार एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्था तथा अनलाईन पे सम्बन्धी काम गर्ने सबैले नियमित रुपमा आईटी सिष्टम अडिट गर्न भनेको छ ।

सुचना प्रविधि प्रणालीमा सुरक्षा थप गर्न र जोखिम न्यूनीयकर तथा ब्यवस्थापनका लागि निर्देशन जारी गरेको छ । एटीएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बैंकहरुलाई सुरक्षित प्रविधिको प्रयोग गर्न तीनबुँदे निर्देशन दिएको छ ।

Crest
Meta Holidays

हाल बैंकहरुले प्रयोग गरिरहेको सूचना प्रणालीमा बाहिरबाट आएका अनधिकृत पहुँच रोक्न भरपर्दो र सुरक्षित प्रविधि अपनाउन निर्देशन दिएको हो । ह्याकरले नेपाली बैंकहरुको स्वीफ्ट कोड समेत ह्याक गर्न भ्याईसकेका छन् ।

ह्याकरहरुले नक्कली पत्राचार र भुक्तानीको आदेह रोक्न आवश्यकता अनुसार अनुगमन गर्न र कुनै घटना वा प्रविधिमा आक्रमण सूचना दिनुपर्ने व्यवस्था गरेको छ ।

विद्युतीय भुक्तानी प्रणालीहरुको आवश्यकता अनुगमनको ब्यवस्था गर्ने र भएका इन्सिडेन्ट र आक्रमणको सुचना सम्बन्धित निकायमा दिने ब्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x