Prabhu Life Ad Final

छिमेक लघुवित्तले प्रस्ताव गर्यो ४४ दशमलव ३३५४ प्रतिशत लाभांश

IME PAY
IME Life

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले ४४ दशमलव ३३५४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २७ दशमलव ११८६ प्रतिशत बोनस र १७ दशमलव २१६८ प्रतिशत नगद गरी कुल ४४ दशमलव ३३५४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, २० करोड ३१ लाख ५७ हजार ८९४ रुपैयाँ नगद बाँड्नेछ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने छिमेकले जनाएको छ । अघिल्लो वर्ष छिमेकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिएको थियो ।

हाल छिमेक लघुवित्तको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ छ । घोषणा गरेको बोनस सेयरपछि पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS