Prabhu Life Ad Final

लक्ष्मी लघुवित्तको लाभांश घोषणा, १५% बोनस, नगद कति ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५ ७६ को लागि २६ दशमलव ३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७५–७६ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र ११ दशमलव ३२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने २ करोड ७३ लाख ८४ हजार २११ रुपैयाँ नगद बाँड्नेछ ।

NLIC

नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ । हाल लक्ष्मीको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ छ । बोनस वितरणपछि पुँजी २७ करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App