Prabhu Life Ad Final

गुराँस लाइफले माग्यो १००% हकप्रदको लागि बोर्डसँग अनुमति

IME PAY
IME Life

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।कम्पनीले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९२ करोड ९४ लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने पुँजी १ अर्ब ८६ करोड ७९ लाख ८२ हजार ९०० रुपैयाँ पुग्नेछ ।

बीमा समितिले तोकेको दुर्ई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याउन लागेको हो । कम्पनीको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको गुरासको प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ९२ पैसा रहेको छ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS