प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्न माग्यो बोर्डसँग अनुमति

90

प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

हाल कम्पनीको  पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि कम्पनीको पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रद ल्याउन लागेको हो ।कम्पनीको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलरहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ ७१ पैसा रहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्