IME Life

ग्राहकलाई खुशीको खबर: डिशहोमको फण्ड ट्रान्सफर सेवा मार्फत रिचार्ज गर्दा भारी छुट

SPIL
NIC ASIA

काठमाडौं । डिशहोमले ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी विभिन्न छुटको व्यवस्था गरेको छ । डिशहोमले फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारी छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको हो ।

अनलाईन मार्फत ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिने जनाएको छ ।

Prabhu
Crest

३ महिनोको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागि आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिन्छ ।

बार्षिक रिचार्ज गर्दा पहिले ४२ सय मा हेरिरहेको बेसिक प्याकेज ३६ सय मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज ४८ सय को सट्टा ४२ सय, वेसिक प्लस ५१ सय को सट्टा ४५ सय, मिडियम प्लस ५७ सय को सट्टा ४९९८, सुपर एचडी छ हजारको सट्टा ४९९९, प्रिमियम एचडी ७२ सय को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४ सय मै उपलब्ध हुनेछ ।

फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरु लाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ । साथमा फण्ड ट्रान्सफर सेवा मार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानी छानी लिन सकिन्छ, जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायक मार्फत रिचार्ज गर्दा प्राप्त हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS