IME Life

बझाङ र बाजुरामा पनि स्वास्थ्य बीमामा देखियो उत्साह

SPIL
NIC ASIA


काठमाडौं । बझाङ र बाजुरामा पनि स्वास्थ्य बीमामा उत्साह देखिएको छ । प्रदेश नं ७ को नौ जिल्लामा प्रारम्भिक चरणमा रहेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएकोे छ ।

उक्त प्रदेशका ९ वटा जिल्ला मध्ये कैलाली, बैतडी, अछाम, बाजुरा, बझाङ, दार्चुला, कञ्चनपुरमा कार्यक्रम संचालनमा भईसकेको छ भने डोटी र डडेल्धुरामा कार्यक्रम संचालन हुन बाकि रहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साउँदले इन्स्योरेन्स खबरलाई जानकारी दिए ।

Prabhu
Crest

सुदूरपश्चिममा सबैभन्दा धेरै कैलाली जिल्लामा स्वास्थ बीमा आकर्षित भएको देखिएको छ । उक्त जिल्लामा हालसम्म एक लाख २४ हजार ३ सय ३३ जनाले स्वास्थ्य बीमामा सहभागी भएका छन् । त्यस्तै बैतडीमा हालसम्म १० हजार ७२ जना बीमित स्वास्थ्य बीमामा सहभागी भएका छन् ।

अछाममा २३ हजार ८ सय २४, बझाङमा २७ हजार ७ सय ७३, दार्चुलामा हालसम्म ४ हजार २ सय ४१ जना र कञ्चनपुरमा ५ हजार ९ सय १७ जनाले स्वास्थ्य बीमा गराएको बोर्डले जनाएको छ । संचालन हुन बाँकी २ जिल्ला डडेल्धुरा र डोटीमा पनि कार्यक्रम चाडै नै संचालन हुने भएको छ ।

अहिले यी दुवै जिल्लाका स्थानिय तहमा जनप्रतिनिधी तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य बीमा कार्यक्रम सम्बन्धी अभिमुखीकरण दिइरहेको छ । असोज मसान्तसम्म कार्यक्रम सकेपश्चात सबै वडामा दर्ता सहयोगी छनौट कार्यक्रम संचालन गरिने बोर्डले जनाएको छ । शनिबार मात्रै डडेल्धुराको अमरगढी नगरपालीकाका जनप्रतिनिधी र स्वास्थकर्मीलाई स्वास्थ्य बीमा सम्बन्धी अभिमुखीकरण गराइएको साउँदले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS