एशियन लाईफका बीमितले वेभसाईटबाटै विवरण हेर्न सक्ने

1078

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सका बीमितहरुले इन्स्योरेन्सको वेभसाइटमार्फत् नै आफ्नो जीवन बीमा योजनाको सम्पूर्ण विवरण जानकारी लिन सक्ने भएका छन् ।

कम्पनीका अनुसार वेभसाइटमार्फत् जानकारी लिनको लागी तल तस्वीरमा तीर(एरो) द्वारा देखाइएको मेन्यु लोगोमा क्लिक गर्नुपर्ने कम्पनीले जनाएको छ ।

क्लीक गरेपछि खुल्ने मेन्युमा देखिने अनलाइन अप्शनमा क्लिक गरी खुल्ने पेजमा पोलिसि होल्डर अप्शनमा क्लिक गरेर बीमालेख नम्बर र बीमितको जन्म मिति भरेफछि गरेपछि आफुले चाँहेको जानकारी लिन सकिने एशियन लाईफ इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सको वेभसाइटबाट बीमा योजनाको नाम र बीमांक रकम, तिर्न बाँकी रहेको बीमा शुल्क रकम, तिर्न बाँकी रहेको बीमाशुल्कमा तिर्नुपर्ने ब्याज रकम, हालसम्म भुक्तानी गरिसकेको रकम साथै अन्य थप जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यस्तो सुविधासँगै बीमा कम्पनीका अभिकर्तालाई समेत निकै सजिलो हुने भएको छ ।an

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्