IME Life

नेपालमै पहिलोपटक सिभिल बैंकको एन्यूटी डिपोजिट खाता संचालनमा

SPIL
Sanima Reliance

काठमाडौं । सिभिल बैंकले नेपालमै पहिलोपटक एन्यूटी डिपोजिट निक्षेप योजना संचालनमा ल्याएको छ । यो बचत र मुद्दतिको समायोजन गरी बनाइएको निक्षेप योजना जनाएको छ । ग्राहकले इच्छा गरे अनुसारको रकम सो अवधि पश्चात एकमुष्ठ प्राप्त गर्नेछन् ।

एन्यूटी डिपोजिट योजना भनेको भविष्यमा आफुलाई चाहिने रकम व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

Crest
Meta Holidays

सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थिर रहनेछ । न्यूनतम मौज्दात १ हजार रुपैयाँबाटै सुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले सञ्चालन गर्न मिल्ने निक्षेप योजना हो ।

सिभिल एन्यूटी डिपोजिटबाट बचतकर्ताले आवश्यक मासिक रकम बचत गरी योजनाको अन्तमा साँवा तथा ब्यााजको एकमुष्ठ रकमको लाभ पाउन सक्नेछन् ।

१ वर्षदेखि ७ वर्ष सम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै(थोरै जम्मा गरी भविष्यको योजना साकार पार्न यस निक्षेप योजनाले सघाउँछ । ग्राहकहरुको इच्छा अनुसार यो खाता एक भन्दा बढी खोल्न पाइनेछ ।

बैंकको ९६ शाखा कार्यलयहरुबाट यस योजना लिन सकिने बैंकले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x