IME Life

आइएमई लाइफ इन्स्योरेन्सको एजेन्सी म्यानेजर सम्मान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एजेन्सी म्यानेजर सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको चन्द्रागिरिस्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा सम्पन्न भएको हो ।

Prabhu
Crest

एजेन्सि म्यानेजर सम्मान कार्यक्रममा आर्थिक बर्ष २०७५/७६ मा महत्वपूर्ण योगदान पुर्याएका मूल्यवान एजेन्सी म्यानेजरलाई सम्मान गरिएको छ ।

कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागिय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले कम्पनीमा आबद्ध भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिर्दै अभिकर्ताहरुको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बताए । उनले आगामी दिनमा बीमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिए ।

त्यसैगरी कम्पनीका सञ्चालक समितिका सदस्य अश्वीनी कुमार ठाकुरले सम्पूर्ण सहभागिहरुलाई धन्यवाद ज्ञापन गरे ।

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले इन्स्योरेन्समा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने बताए । कम्पनीमा आबद्ध रहिरहन र थप सक्रिय बनाउनका लागि कम्पनीले समयानुकुल अभिकर्ता लक्षित गरी बिभिन्न प्रकारका योजनाहरु ल्याउने बताए ।

सो अवसरमा सम्पूर्ण अभिकर्ताहरुलाई व्यवसाय अभिबृद्धि हुने प्रकारको उत्प्रेरणात्मक कार्यक्रम पनि अयोजना गरीएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS