IME Life

मनकामना र स्मार्ट लघुवित्तले गरे मर्जर सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । यी दुई वित्तीय संस्थाले एक आपसमा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

उक्त सम्झौतापत्रमा मनकामना लघुवित्तका अध्यक्ष अजय गोयन्का र स्मार्ट लघुवित्तका अध्यक्ष शान्ति चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

मर्जरपछि लघुवित्तको केन्द्रीय कार्यालय हालको मनकामनाको कार्यालयमा रहने छ भने अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि मनकामना लघुवित्तबाटै हुने छ भने स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा ब्यवस्थापनका कर्मचारीहरु संयुक्त कारोबारपछि ब्यवस्थापन समूहमा समायोजन हुने समझदारीपत्रमा उल्लेख छ । मर्जरपछि संचालक समितिमा ३।३ जनाको प्रतिनिधित्व रहने सहमति भएको छ ।

एक बराबर एकको स्वाप रेसियोमा गाभिन लागेका लघुवित्तहरुले नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सहमति प्राप्त गरेको मितिले ४ महिनाभित्र एकीकृत कारोबार शुरु गर्ने सहमति गरेका छन् ।
सम्पत्ति तथा दायित्वको मूल्यांकनपछि १० प्रतिशतभन्दा बढीको फरक पर्न आयो आपसी सहमतिमा स्वाप रेसियो निर्धारण गर्ने समेत समझदारीपत्रमा स्पष्ट पारिएको छ ।

छ करोड ८२ लाख ५० हजार रुपैयाँ चुक्तापुँजी भएको मनकामना र एक करोड ४० लाख रुपैयाँ चुक्तापुँजी भएको स्मार्ट गाभिएर मनकामना स्मार्ट लघुवित्त बन्ने जनाएको छ । यी दुई सस्था एक आपसमा गाभिए पछि चुक्तापुँजी आठ करोड २२ लाख ५० हजार पुग्नेछ ।

सर्वसाधारणमा साधारण शेयर जारी गरेपछि संस्थाको कुल पूँजी करिव १२ करोड ५ लाख पुग्ने समेत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS