एशियन लाइफद्धारा विराटनगरका अभिकर्ता सम्मानित

291

विराटनगर । एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड, बिराटनगर शाखाका अभिकर्ता सम्मानित भएका छन् । कम्पनीले विराटनगर शाखाका उत्कृष्ट बिजनेश म्यानेजर, कल्ब मेम्बरहरुलाई सम्मान गरेको हो ।

कम्पनीले १९ जना अभिकर्तालाई बिभिन्न बिधामा सम्मान पत्र, मायाको चिनो एवं खादा लगाई सम्मान गरेको थियो ।

उक्त कार्यक्रम बिजिनेश म्यानेजर बुद्विलाल चौधरीको अध्यक्षतामा सम्पन भएको थियो ।

कार्याक्रममा बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारीले सम्मानित अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिदै आगामि दिनमा अझ व्यवसाय चौगुणा अपेक्षा रहेको कुरा व्यक्त गरे ।

उक्त कार्याक्रम ०७६।०७७ मा ल्याएको बि.एम सुविधा, व्याज छुट, ईसेवा, मोबाई एप्लिेकेशन लगायत एव विविध बिषयमा अन्तरक्रिया भएको थियो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्