IME Life

तुलसिपुर र प्युठानमा बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको कार्य समिति गठन

SPIL
NIC ASIA

दाङ/प्युठान । बीमा अभिकर्ताहरुको छाता संगठन पेशागत बीमा अभिकर्ता संघ अन्तरगत (बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स) ले तुलसिपुर र प्युठानमा नयाँ कार्य समिति गठन गरेको छ ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल (बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स) का तुलसिपुर (दाङ) शाखा अन्र्तगत काम गर्ने अभिकर्ताको उपस्थितिमा नयाँ कार्य समिति गठन भएको हो ।

Prabhu
Crest

राम बहादुर ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथिका रुपमा (बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स) का सचिव ऋषिराम भुसाल थिए ।

उक्त कार्यक्रममा घोराही शाखाका अध्यक्ष गणेश आचार्यले मन्तव्य राखेका थिए ।

सो भेलाले बैंकास्योरेन्स बन्द भएको घोषणा भए पनि अझै पूर्ण रुपमा कार्यान्वयन नभएको कुरामा छलफल गरेको थियो । साथै अभिकर्ता पेशाको हकहितको विषयमा पनि छलफल गरिएको थियो । अभिकर्ताले समायानुकुल पाउने सेवा सुविधामा वृद्धि गर्नु पर्ने कुरा बृहत रुपमा छलफल भएको थियो । साथै सो भेलाले अध्यक्षतामा ९ जनाको कार्यसमिति गठन गरिएको हो ।

त्यस्तै, प्युठानको जुम्रिमा सागर जि.सीको अध्यक्षतामा १५ जनाको कार्यसमिति गठन गरिएको हो । उक्त भेलामा आयोजक समितिका माधव आचार्यको अध्यक्षता सम्पन्न भएको हो । भेलाको विशिष्ट अतिथि प्युठान प्रहरी उपरीक्षक चेत राज जोशी थिए ।

पुराना अभिकर्ता तथा सहप्राध्यापक कैलाश पण्डित, नेपाल लाइफ प्युठान उपशाखाका प्रमुख मदन रामजाली, माधव पोखरेलले सो कार्यक्रममा मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन तीर्थ राज पौडेलले गरेका थिए । क्रियाशील बीमा अभिकर्ताहरुको बृहत उपस्थिथिमा सम्पन्न उक्त भेलाले १५ कार्य समिति गठन गरेको थियो । उपाध्यक्षमा माधव आचार्य, सचिवमा विरेन्द्र भण्डारी, सह सचिवमा नारायणी केसी, कोेषाध्यमा रिता खनाल रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा क्रमश सदस्यहरुमा तिर्थ राज पोखरेल, नमा खड्का, पुष्पा शाही, शशी रावत, कोकिला विष्ट, हरी बहादुर रायमाझी, मधु रोक्का मगर, तिलक नेपाली, रितु बिसी, ज्ञान बहादुर जिसी रहेका छन् ।

देशव्यापी रुपमा संगठन निर्माणमा जुटेको संघले हालसम्म ५९ जिल्लामा कार्य समिति गठन गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS