IME Life

राष्ट्र बैंकले निकाल्यो नयाँ नोट बाड्ने सूचना, कहाँबाट लिने नयाँ नोट ?

SPIL
NIC ASIA

काठमाडौं । नेपालीहरुको राष्ट्रिय पर्व दशैंको तयारी देशैभरि सुरु भइसकेको छ । दशैंमा टीका लगाउँदा नयाँ नोट दक्षिणा दिनु नेपालीहरुको प्रचलन नै हो । नेपाल राष्ट्र बैंकले हरेक वर्ष नयाँ नोट वितरण गर्ने गर्दछ । यस वर्ष पनि असोज १४ गतेदेखि नयाँ नोट वितरण गर्ने सूचना राष्ट्र बैंकले जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका २८ वटा बाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध हुने जनाएको छ । निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ ।

Prabhu
Crest

यस वर्ष नेपाल राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्ने जनाएको छ । एक पटकमा प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने केन्द्रीय बैंकले जनाएको छ । यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।

नेपाल बैंकको काठमाडौं बैकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइनेछ । त्यस्तै, कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाएको छ । राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्ने पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS