IME Life

एनसीसी बैंकको २ आर्थिक वर्षको एजिएम भोलि, कति पाउने भए शेयरधनीले लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । एनसीसी बैंकको बीसौं र एक्काइसौं वार्षिक साधारण सभा एकै दिन भोली सोमबार हुने भएको छ । सधारण सभा राष्ट्रिय सभा गृहमा बस्ने भएको छ । सभा बिहान ११ बजे सुरु हुने जनाएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १५ दशमलव ८९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । बैंकले हाल कायम चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँको १ अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस सेयर दिन लागेको हो ।

Prabhu
Crest

साधारण सभाले बैंक सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ । सहायक कम्पनी खडा गरेर ब्रोकरको काम गर्ने, एफपीओ ल्याउन तथा धितोपत्र निक्षेप लगायतका काम गर्न बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।
प्रबन्धपत्र तथा नियमावली संशोधन भएपछि बैंकलाई एफपीओ जारी गर्न, सहायक कम्पनीमार्फत ब्रोकर सेवा उपलब्ध गराउन तथा धितोपत्र निक्षेपको काम गर्न समेत बाटो खुला हुनेछ ।

एफपीओ जारी गरी प्राप्त प्रिमियमलाई सेयर प्रिमियम शीर्षक अन्तर्गत जगेडाको रुपमा लेखांकन गर्ने प्रावधान पनि प्रबन्धपत्र तथा नियमावलीमा समेट्ने भएको छ ।

उपयुक्त बैंक–वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन गर्न एवं वैदेशिक रणनीतिक साझेदारी भित्र्याउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ । सभा प्रयोजनका लागि बैंकले साउन २६ गते बुक क्लोज गरेको छ । साउन २३ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

बोनस पछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS