IME Life

स्वास्थ बीमा बोर्ड र सामाजिक सुरक्षा कोषबीच सहकार्य गर्ने प्रयास

SPIL
NIC ASIA

काठमाडौं । सामाजिक सुरक्षा कोष र स्वास्थ बीमा बोर्डबीच सहकार्य गरेर अघि बढ्ने बारेमा छलफल सुरु भएको छ । दुई निकायका बीचमा सहकार्य गर्ने सम्बन्धमा अध्ययन सुरु गरेको कोषले जनाएको छ । कोषले स्वास्थ्यसँग सम्बन्धित पक्षलाई स्वास्थ बीमा बोर्डमा समावेश गर्न यस बिषयमा छलफल गरेको जनाएको छ ।

Prabhu
Crest

सरकारले ल्याएको सफल कार्यक्रम स्वास्थ बीमा बोर्डसँग सहकार्य गरेर अघि बढ्ने हेतुले छलफल भईरहेको कोषका प्रमुख कार्यकारी अधिकृत कपीलमणि ज्ञवालीले बताए । सहकार्यका बहुआयामिक पाटोबाट विस्तृत जानकारी लिने काम भइरहेको कोषले जनाएको छ । सो सम्बन्धमा स्वास्थ्य बीमा गर्ने सरकारी र निजि अस्पतालहरुसँग पनि अन्तक्रिया आयोजना गरिएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले सरकारले ल्याएको स्वास्थ बीमा सुविधामा जोडिन आफूहरु ईच्छुक रहेको र यस बिषयमा चाडौ नै निष्कर्ष निकालेर अघि बढ्ने कोषले जनाएको छ ।

दुवै कार्यक्रम नेपाल सरकारले जनताको सेवामा सामाजिक हितको लागि संचालनमा गर्दै आएको छ । दुवै कार्यक्रम सामाजिक सुरक्षासँग जोडिएको छ । सामाजिक सुरक्षा कोषले श्रमिकलाई पेन्सनसहितको सुविधा दिन ल्याएको कार्यक्रम हो भने स्वास्थ्य बीमा भने जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न ल्याएको कार्यक्रम हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS