IME Life

सिटिजन्स बैंकको साधारण सभा असोज १० गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंकको १३औं वार्षिक साधारण सभा असोज १० गते हुने भएको छ । भदौ २० गते बसेको बैंक संचालक समितिको बैठकको निर्णय अनुसार सभाको मिति तय भएको हो । सभा अमृतभोक कालिका स्थान डिल्लीबजारमा विहान ९ बजे शुरु हुने जनाएको छ ।

सभा प्रयोजनाका लागि सिटिजन्सले भदौ ३१ गते मंगलबार बुक क्लोज गर्नेछ । भदौ ३० गते सम्म कायम सेयरधनी प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

Prabhu
Crest

बैठकले गत वर्षको वितरण योग्य नाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । बैंकले १ अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

यस्तै, सभामा सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७५–७६ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

सभाले २०७६–७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ । उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने एजेन्डा पनि छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS