काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट ७७० प्रतिशत लाभांश दिने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को सञ्चालन मुनाफा एक अर्ब छ करोड गरेपछि सो मुनाफा सम्भव भएको कम्पनीले जनाएको छ । युनिलिभर नेपालको सबैभन्दा महंगो शेयर कारोबार गर्ने कम्पनीकोरुपमा परिचित छ । गत बिहिवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता १९४०० रहेको थियो ।
गत बिहिवार भारतको मुम्बईमा बसेको कम्पनीको १५६ औं बोर्ड बैठकले सो लाभांश प्रस्ताव गरेको कम्पनीले नेप्सेलाई बुझाएको सूचनामा उल्लेख छ ।