IME Life

चिनियाँ विदेशमन्त्री वाङ वी आइतबार काठमाडौं आउँदै (बक्तव्यसहित)

SPIL
NIC ASIA

काठमाडौं । उत्तरी छिमेकी चीनका विदेश मन्त्री तीन दिने औपचारिक भ्रमणको क्रममा आइतबार काठमाडौं आउँदैछन् । आज साँझ काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले बक्तव्यमार्फत चिनियाँ विदेशमन्त्री वाङ वीले तीन दिने भ्रमण तालिका सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीको निमन्त्रणमा आइतबार काठमाडौं आईपुग्ने वीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा(नेकपा) अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेताहरुसँग भेटघाट गर्ने जनाइएको छ । यसअघि नेपाल आउने भनेर पनि अन्योलमा रहेको उक्त विषय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको कारण चिनियाँ पक्षले भ्रमण तालिका सार्वजनिक गर्न नमान्दा ढिलाई भएको हो । प्रधानमन्त्री ओली शुक्रबार काठमाडौंमा अवतरण गरेपछि चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका सार्वजनिक गरिएको छ ।

Prabhu
Crest

राष्ट्रपति सि जिनपिङले गर्ने भनेको नेपाल भ्रमणको अवस्था बुझ्न वीको तीन दिने नेपाल भ्रमण तय भएको चर्चा अन्तर्राष्ट्रिय मिडियामा चलेको छ । वीले नेपाली समकक्षीसँग दुई देशका आपसी हित तथा व्यापारलगायतका विषयमा पनि वार्ता गर्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS